कर्णाली प्रतिष्ठानलाई अनुमति दिन केसीको माग

काठमाडौं । डा गोविन्द केसीले नेपाल मेडिकल काउन्सिलले कर्णाली प्रतिष्ठानलाई स्नातकोत्तर पढाइको अनुमति नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । राजनीतिक दबाब र प्रभावमा पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुमति दिएको दाबी गर्दै कर्णाली प्रतिष्ठानलाई नदिएकोमा असन्तुष्टि जनाएका हुन् । माग पूरा गर्न पुस २ सम्मको अल्टिमेटम दिएका डा केसीले विज्ञप्तिमार्फत् अदालत र काउन्सिलसँग जोडिएका केही विषयमा आपत्ति जनाएका हुन् ।

काउन्सिलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्न पूर्वाधार नपुगेको भन्दै रोक लगाएको छ । कर्णालीमा दिन नदिनेबारे काउन्सिलकै सदस्यहरुको मत विभाजन छ । कर्णालीमा पूर्वाधार र जनशक्ति हुँदाहुँदै सोही कार्यक्रमलाई अनुमति नदिएको जनाएका छन् ।

उच्च अदालत जनकपुरको फैसलामा समेत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अदालतले वीरगन्जस्थित नेसनल मेडिकल कलेजले गत वर्ष नियमविपरीत नेपालको प्रवेश परीक्षा उत्तीर्ण नगर्ने विद्यार्थीहरुलाई भर्ना गरेकोमा उक्त फैसलाअनुसार सो भर्ना सदर भएको थियो ।

डा केसीले मेडिकल माफियाहरूले सम्बन्धित नियमनकारी नियामक निकायको नियमविपरीत भर्ना गरेकोमा उनीहरू दण्डित हुनुपर्नेमा माफिया–न्यायालय साँठगाँठमार्फत दोषी पुरस्कृत हुने अवस्था आएको आरोप लगाए ।

प्रतिक्रिया