सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार देवकोटा र बराललाई

काठमाडौं । यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कृष्णज्वाला देवकोटा र अरुण बरालले पाउने भएका छन् । सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिद्धारा पत्रकार देवकोटा र बरालले ५ लाख राशीको उक्त पुरस्कार जनही दुई लाख ५० हजार रूपैयाँ पाउने भएका हुन् ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनोट समितिको बैठकले पुरस्कार वितरण गर्ने भएका छन् । उक्त बैठकले पुरस्कार अग्रज पत्रकारहरूको उपस्थितिमा यही मंसिर २४ गते प्रदान गर्ने निर्णय गरेको छ ।
लामो समयदेखि पत्रकारितामा संलग्न रहेका पत्रकार देवकोटा छापा पत्रकारिता मार्फत नयाँ ढाँचामा समाचार सामग्री सम्प्रेषण गर्दै आएको नयाँ पत्रिका दैनिकका प्रधान सम्पादकको रूपमा रहेका छन् । त्यस्तै, पत्रकार बराल अनलाइन सञ्चारमाध्यमको रूपमा अनलाइन खबर डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया