मनिषाको पुस्तक डिसेम्बरमा आउँदै

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाद्वारा लिखित ‘हिल्डः हाउ क्यान्सर गिभ मी अ न्यू लाइफ’ आत्मवृत्तान्त डिसेम्बरमा सार्वजनिक हुने भएको छ ।

अभिनेत्री मनिषाले ट्विटरमार्फत पुस्तकको फस्टलुक कभरसमेत सार्वजनिक गर्दै डिसेम्बरमा आउने जानकारी दिएकी हुन् ।

पेन्गुइन प्रकाशनले बजारमा ल्याउन लागेको उक्त पुस्तक उनले लेखक निलमकुमारसँगको सहकार्यमा तयार पारेकी हुन् । पुस्तकमा आफूलाई क्यान्सर भएपछिको संघर्षलाई लेखिकाले प्रस्तुत गरेकी छन् ।

आफूलाई सन् २०१२ मा क्यान्सर लागेपछि आएको निराशा, अनिश्चितता र डरको सामना कसरी गरे भन्ने कुरालाई किताबमा उल्लिखित गरेको उनले जनाएकी छन् ।

मनिषाले ट्विटमा लेखेकी छन्, ‘क्यान्सरबाट निको हुनु, जीवनको फेरि जिउन पाउनु र आफूलाई फेरि पाउनु पनि एक पाठ हो ।’

प्रतिक्रिया