काठमाडौं । नेपाली कांग्रेसका नेता मनमोहन भट्टराई एक सातादेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारार्थ छन् ।
नेता भट्टराईलाई मस्तिष्कघात भएका कारण अस्पतालमा उपचार भइरहेको स्रोतको भनाई छ ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो । हाल पनि उनको उपचार जारी छ ।
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका भट्टराईलाई उच्च निगरानीमा राखिएको बताइएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
स्नायु रोग विशेषज्ञ डा. राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया