समृद्घिको उडान र आकांक्षा

अब नेतृत्वको एउटै काम भनेको नागरिक प्रतिक्षा अनुसारको परिणाम दिनु मात्रै हो । सरकारका पछिल्ला कदमहरूले यसको सकारात्मक सुरुआत भएको देखाउँछ । देशैभरिबाट लोडसेडिङको अन्त्य, सिन्डिकेटको अन्त्य, सुनकाण्डको छानबिन आदि केही ज्वलन्त उदाहरण हुन् ।


डा. अतिन्द्र दाहाल
थुप्रै नयाँ सपना र सम्भावना बोकेर सरकारको नीति तथा कार्यक्रम अनि बजेट पनि संघीय संसद्मा प्रस्तुत भइसकेको छ । राष्ट्रियता अनि स्वाभिमानका अलौकिक अन्तरंग र अनन्य आभूषणले हाम्रो राजनीतिलाई नयाँ मोड दिँदैछ । गणतन्त्र संस्थागत भएसँगै देश स्थायीत्व उन्मुख छ । चुनावी बाचाअनुसार दुई ठूला वाम शक्तिहरूको एकीकरणबाट नयाँ र सर्वशक्तिमान पार्टी निर्माण भएपछि राजनीति थप बलियो बन्दैछ । नयाँ गन्तव्यको उत्साह र उमंग भरिँदैछ । इतिहासकै शक्तिशाली सरकार बनेको छ । सहज बहुमत र सर्शत दुईतिहाइ समर्थनको यो सरकारलाई पाँच वर्षको समय छ । चाहेमा, समृद्घ राष्ट्र निर्माणमा विशाल काम गरेर देखाउन सक्छ । त्यसैले समृद्घ नेपाल तथा सुखी नेपाली भन्ने विषयलाई मुख्य अन्तर्य मानेर बजेट अनि नीति तथा कार्यक्रम लक्षित छन् । आम नागरिक सरोकारका सबै विषयलाई बजेटले सम्बोधन गरेको छ । बलिया सरकार र चीरस्थायीत्वको राजनीति विश्व चरित्र बन्दै गर्दा हामीसमेत एउटा उदाहरण भएका छौँ ।

बलियो राजनीतिको विश्व चरित्र
केही पहिले रसियामा भ्लादिमिर पुटिन चौथोपटक ६ वर्षका लागि राष्ट्रपति निर्वाचित भए । अन्य प्रतिस्पर्धीमाथि फराकिलो मतान्तरतले उनीमाथि नागरिक समर्थन अभैm चुलिँदो देखियो । चीनियाँ संविधानको २ पटकसम्म मात्र राष्ट्रपति हुन पाउने प्रावधानलाई त्यहाँको सर्वोच्च समितिले फिर्ता लियो । महामहिम सी नै अब केही समय निरन्तर राष्ट्रपति रहनेछन् अनि चीनलाई सर्वशक्तिमान बनाउनेछन् । जर्मनीमा एन्जेला मार्केल लगातार चौथो पटक चान्सलर बनिन् । संसारका सामरिक शक्तिहरूमा बलियो नेतृत्व स्थापित हँुदै गर्दा हामीले पनि इतिहासकै बलियो सरकार पायौँ । उक्त सरकारमाथि इतिहासकै बलिया आशा र अपेक्षाहरू छन् । देश पुनर्निर्माण र नवनिर्माणको आकांक्षा छ ।

अहिलेको सरकारलाई निर्वाचनमा उत्साहजनक सहज बहुमत प्राप्त भयो । २ वर्ष पहिलेको चरम परिस्थितिमा राष्ट्रियता र स्वभिमानको सशक्त वकालत गरेकै कारण यसो भएको अनुमान तथा आत्मसात सबैमा छ । वर्तमान प्रधानमन्त्री राष्ट्रिय हित विपरीतका कुरामा सशक्त प्रतिवाद गर्न सतीसालजस्तो हैसियत राख्छन् भन्ने कुरा पछिल्लोपटक युरोपेली महासंघ सम्बन्धित घटनाले पनि देखायो । विगतमा उनका यस्तै चट्टानी अडानका कारण पछिल्लो राजनीतिमा उनी आशा, भरोषा र भविष्यको केन्द्र बनेका हुन् । त्यही स्वाभिमानको आडमा समृद्घिको सपनाको अनुमोदन निर्वाचनले गरिदियो । स्थानीय, प्रदेश, केन्द्रीय निर्वाचनसँगै सबै राजनीतिक निकाय र राज्यका आवश्यक सबै पदाधिकारीहरूको छनोटसमेत सकिएकाले अब नेतृत्वको एउटै काम भनेको नागरिक प्रतिक्षा अनुसारको परिणाम दिनु मात्रै हो । सरकारका पछिल्ला कदमहरूले यसको सकारात्मक सुरुवात भएको देखाउँछ । देशैभरीबाट लोडसेडिङको अन्त्य, सिन्डिकेटको अन्त्य, सुनकाण्डको छानबिन आदी केही ज्वलन्त उदाहरण हुन् । सरकारको पछिल्ला प्रस्तुति नीति तथा कार्यक्रम र बजेटले आम सकारात्मकतालाई झन् मजबुत पार्दैछ ।

स्वतन्त्र चेक गणराज्यका प्रथम राष्ट्रपति भ्याकल्ब ह्याभेल भन्थे ‘अरू कोही शासक विरुद्घ आन्दोलन गर्नु कविता लेख्नु अनि आपैmँ देशको बागडोर सम्हालेर नागरिक अपेक्षाका कार्य गर्नुचाहिँ कथा लेख्नु जस्तै हो’ । कविता भावना र कल्पनाले पनि बन्छ तर कथा कडा संर्घष र वास्तविकताले मात्र बन्छ । यही असहजता अहिलेको नेतृत्वलाई पनि छ । समृद्घ राष्ट्र निर्माण असहज छ, अप्ठ्यारो छ तर असम्भव छैन, असम्भव बन्न दिनु हँुदैन ।

असम्भव छैन, हुनुहँुदैन पनि
आजभोली केन्द्रदेखि प्रदेशका विभिन्न मन्त्रीबाट निकै उत्साही तथा महत्वाकांक्षी भाषणबाजी हुँदैछ । हरेक मन्त्रीले भ्रष्टाचारलाई सामुल उन्मूलन गर्नेे भनेका छन् । मास्कमुक्त काठमाडांैलगायत सबैलाई देशभित्रै रोजगारीका कुरा आउँदै छन् । सबैबाट आफ्नो प्रदेशलाई नमुना बनाउने प्रतिज्ञा हुँदैछ । केही समय पहिले उर्जा मन्त्रीको जलविद्युत् कम्पनीका सेयर भएको ज्वाइँ खोज्ने दिन ल्याउँछु भन्ने आश्वासन पनि रोमान्चक थियो । सफल देशको सपना बाँडिदैछ । विख्यात दार्शनिक जिन बद्रिलार्ड आफ्नो पुस्तक ‘द सिमुलाक्रा एन्ड सिमुलेसन’मा लेख्छन् ‘कल्पना नै हरेक सम्भावनाको सुरुवात र सबैभन्दा बलियो सत्य हो’ । राइट दाजुभाइले पंक्षीजस्तै मानिस पनि उडेको कल्पना नगरेको भए, प्राचिन पूर्वीय दर्शनमा वायुपंखी विमान अनि मधुमालतीका घोडाको कल्पना नभएको भए सायद आज हवाइविमान आविष्कार हुने थिएन । चन्द्रमामा मानिस पु¥याउने कल्पना नगरेको भए त्यो सम्भव थिएन । प्राचीन पूर्वीय धर्मग्रन्थमा विभिन्न हिसाबले आजका यन्त्रमानव र उच्च कृतिम बौद्धिकता भएका रोर्बटहरूको समेत कल्पना भेटिन्छ । तसर्थ देश विकासको लागि पनि कल्पना चाहिन्छ, सोच चाहिन्छ । मन्त्रीहरूका सोच स्वागतयोग्य र नागरिक आकांक्षाका समिपमा छन् । उनीहरूसँग समय छ । नीति तथा कार्यक्रमले त्यसलाई अँगालेको छ । सरकारले सम्भव भए सम्मको बजेट पनि विनियोजन गरिदिएको छ । त्यसैले अब धेरै सोच भन्दा पनि काम गरेर देखाउने समय आएको छ ।

जेम्स डोबिन, वाँग गनवु, निकोलस बेल जस्ता लेखकहरूका अनुसार समृद्घिको लागि हरेक सरकारले नियमित र अपेक्षित गरी २ प्रकारका कामहरू गर्नुपर्छ । हालसालै समृद्घिको उच्च गति लिएका दक्षिण पूर्वी एसियाली देशहरू जस्तै, थाइल्यान्ड, सिगांपुर, ब्रुनाई, मलेसियाको पनि अनुभव समान छ । वक्तव्यबाजी, प्रशासनिक निर्णय, सरुवा÷बढुवा, निरीक्षण तथा प्रशिक्षण गर्नु सामान्य कामहरू हुन् । सभा, गोष्ठी, छलफल अनि अन्तक्र्रिया गर्ने र समाचारमैत्री मात्र बन्ने कुराले नागरिकलाई खासै महत्व राख्दैनन् । यी केवल नियमित कामहरू मात्र हुन् ।

पछिल्ला अनुसन्धानहरूले ‘सुशासन’, ‘आर्थिक आत्मनिर्भरता, स्वतन्त्रता र वृद्घि’, ‘शान्तिसुरक्षा र अमनचयनको प्रवद्र्धन’ अनि ‘सामाजिक सांस्कृतिक सद्भाव’ लाई सर्वांगिण समृद्घिका प्रमुख चार सूचांक मान्दछन् । चार मुख्य सूचक भित्रसमेत अनेकन उपसूचकहरू छन् । प्रदेश, केन्द्र र स्थानीय हरेक सरकारले आ–आफ्ना तहमा अब यी अवस्थाहरू प्राप्त गर्ने प्रयास गर्नुपर्छ । त्यही नै अबको अपेक्षित कार्यसमेत हो ।

चुस्त, सुलभ, सहज र पारदर्शी सार्वजनिक सेवा प्रवाह अहिलेको प्रधान आवश्यकता हो । यसैबाट सुशासनको प्रत्याभूति हुन्छ । राज्यको निर्देशन र नागरिकको करमा अनुबन्धित कर्मचारीले सार्वजनिक सेवासुविधा वितरणमा सुशासनको प्रत्याभूति गराउनुपर्छ । आम सेवाग्राहीको अन्तर मस्तिष्कले पनि कर्मचारीलाई साँच्चै राष्ट्रसेवक मान्न सक्ने अवस्था निर्माण हुनुपर्छ । चुस्त सेवा भए भ्रष्टाचारसमेत रोकिन्छ । ट्रान्परेन्सी इन्टरनेसनलको सर्वेक्षणमा ९४ अंक पाउँदै शून्य भ्रष्टाचार र उच्च सुशासित मानिएका डेनमार्क, नर्वे, फिनल्यान्डजस्ता देशको समेत प्रमुख सामथ्र्य नै स्वच्छ, सुलभ र सहज सेवा प्रवाह हो ।

सुशासनसँगै पूर्वाधार निर्माण र विस्तारमा उत्तिकै ध्यान दिनुपर्छ । पछिल्लो २० वर्षमा विकसित भनिएका अधिकांश देशका परिवर्तनको मुख्य सूचक नै भवन, सहर, बाटाघाटा जस्ता कुराहरूको आक्रमक विस्तार हो । पछिल्लो १० वर्षमा चीनले सडक सञ्जाल र सहरी संरचनालाई दोब्बर बनायो । कतार, कुवेत, दुबईजस्ता देशमा नयाँ व्यवस्थित सहर, सफा अनि फराकिला सडकलगायत असंख्य गगनचुम्बी भवनहरू बने । पछिल्ला सर्वेक्षणले नयाँ सहर निर्माणका ८० प्रतिशत एसिया र अफ्रिकामा भएको देखिन्छ । पहिले नै ६ सयमाथि सहर भएको चीनले अहिले त्यति नै संख्यामा नयाँ सहर निर्माण गर्दैछ । शिक्षा, स्वास्थ्य, औषत आयु, सञ्चार तथा सार्वजनिक चेतनामा सघन सुधारजस्ता मानवीय गुणात्मकताको व्यापक प्रवद्र्धन समृद्घिको अर्को आधारशीला हो । अधिकांश युरोपियन देशको सफलता यसैमा टिकेको छ । हाम्रा सरकारहरूले पनि यस्तै विषयमा ध्यान दिनुपर्छ । नागरिकहरू बढी विभाजित भएका देश कमै विकसित हुन्छन् । नागरिकबीच एउटै सोच, एउटै भावना निर्माणको प्रयास गर्नुपर्छ ।

निर्यात केन्द्रित व्यापारले असमानान्तर आर्थिक शक्तिसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पहिचान आर्जन गराउँछ । चीनको उदय उसको आक्रमक व्यापारबाट भएको छ । तेलको सघन व्यापारले अरब सम्पन्न छ । प्रविधिले जापान अनि सञ्चारका साधन विशेषतः मोबाइल फोनको कारण दक्षिण कोरियाले नयाँ हैसियत बनाएका छन् । भारतले ‘मेक इन इन्डिया’ नामक योजना अन्तर्गत विभिन्न २५ सामग्रीको अत्यधिक उत्पादन गरी विश्वबजारमा व्यापक वितरणको योजना ल्याउँदैछ । जापानसँग मिलेर ‘एसिया–अफ्रिका ग्रोथ करिडोर’ अनि इरान काजकिस्थान हुँदै रसियाको सेन्ट पिर्टसर्बगसम्मलाई अर्को व्यापार योजना तयार पार्दैछ । पछिल्लो २० वर्षमा बिरालो अर्थतन्त्रबाट बाघ अर्थतन्त्र बनेका देशहरूको निर्यात केन्द्रित व्यापारमा ५ देखि ५०० गुणासम्म वृद्घि देखिन्छ । सन २०१६ मा क्रमशः चीनले ५ सय ९०, दक्षिण कोरियाले ९०, ताइवान र सिगांपुरले ५० अर्ब डलर व्यापार नाफा गरेको देखिन्छ । यसरी नै नाफाको व्यापार गर्न सक्दा मात्र हामो समृद्घिको यात्रा सहज हुन्छ । विश्व बजारमा अधिक माग भएका अनि हामीले निर्यात गर्नसक्ने सेवा र वस्तुहरूको तीव्र विस्तार गर्नुपर्छ । विश्वको झन्डै ५ प्रतिशत स्रोत साधन हामीसँग छ, सम्भावनाको खोजी र उपभोग गर्नुपर्छ । पर्यटनको बहुआयामिक विस्तार र हरेक खनिजको अधिकतम उत्खनन सिद्घहस्त सहयोगी बन्न सक्छन् । उत्पादक कार्यशैलीसँगै हुनेसम्मको औधोगीकरण र व्यावसायीकरण गरिनुपर्छ । सघन गरिबी निवारण, उच्च रोजगारी बढोत्तरी र दोहोरो अंकको आर्थिक वृद्घि नेतृत्वको लक्ष्य हुनुपर्छ ।

सानो भूगोल र थोरै जनसंख्याका कारण सानै देशहरूको विकास छिटो हुन्छ । नेपालभन्दा साना हङकङ, सिंगापुर, दक्षिण कोरिया, स्विजरल्यान्ड, कतार, लक्जमवर्ग, कुवेतजस्ता देशहरू आज प्रतिव्यक्ती आय तथा ग्रोस ह्यापिनेस इन्डेक्सका हिसाबले विश्वभर अगाडि छन् । साँच्चै दृढ संकल्पले काम गरे हामी पनि छिट्टै त्यो हैसियत बनाउन सक्छाँै ।

त्यसैले, अब राष्ट्रियता र स्वाभिमानका लागि काम गर्नुपर्छ । हामी यो वा त्यो गर्छौं भनेर वक्तव्यबाजी नभई चुपचाप परिणाम देखाएर आपूmलाई प्रमाणित गर्नुपर्छ । भावनाको प्रवाह हैन, परिणाम देखाउनुपर्छ । अपार नागरिक समर्थनका आधारमा राज्यका हरेक निकायमा अब्बल उपस्थिति छ । नेतृत्वले प्रतिक्षा गरेको सहजता नागरिकले जुटाएका छन्, अब राष्ट्रियता, स्वाभिमान र समृद्घिको सपनालाई साकार पार्नुपर्छ । नीति तथा कार्यक्रम र बजेटले यी सबै कुरालाई सम्बोधन गरेको छ । कार्यान्वयन गरेर देखाउन सबै सरकारका हरेक सदस्यहरूले आपूmलाई खरो र कुशलरूपमा प्रस्तुत गर्नुपर्छ ।

प्रतिक्रिया