सत्ता लोलुपताले अधिकार गुमाउनु परेको छ

काठमाडौं, १६ जेठ । नेपाल आदिवासी जनजाति महासंघले षडयन्त्रमूलक ढंगले संविधानसभा विघटन गरिएको आरोप लगाएको छ ।
महासंघ अध्यक्ष राजकुमार लेखीले आज विज्ञप्ती जारी गरेर जातीय संघीयतामा नजाने षड्यन्त्र अनुसार संविधानसभा विघटन गरिएको आरोप लगाएका छन् ।
संविधानसभा विघटन गरेर संघीयता विरोधी तथा सत्ता लोलुप दलहरुले मुलुकलाई बर्षैं पछाडि धकेलेको महासंघको ठहर छ ।
ठूला केही नेताको स्वार्थ र पदलोलपताका कारणले सारा नेपाली जनताले अधिकार गुमाउनुपरेको भन्दै महासंघले सर्वपक्षीय सम्मेलनबाट राजनीतिक निकास खोज्न सुझाव दिएको छ ।

प्रतिक्रिया