चार बर्ष पछि संविधानसभा विघटन

काठमाडौं, १४ जेठ । चार बर्ष पछि आज आइतबार मध्यराति १२ वजेदेखि संविधानसभा विघटन भएको छ ।
२२०६४ साल जेठ १४ गते संविधानसभा निर्वाचन हुँदै सभासदहरु नयाँ संविधान बनाउन संविधानसभामा प्रवेश गरेका थिए । अत्यन्तै तामझामका साथ संविधानसभा प्रवेश गरेका सभासदहरु अन्ततः संविधान बनाउन नसकेर मध्यरातमा लुरुलुरु घर फर्किएका छन् ।
चार बर्ष अघि दिउसो मध्यान्ह संविधानसभा प्रवेश गरेका सभासदहरु आइतबार मध्यरात मन खुम्चाउदै संविधानसभाबाट बाहिरिएका हुन् । आफ्नै भवन नभएपछि ६ सय १ जना सभासदलाई राख्न भाडामा नयाँ बानेश्वरमा चीन सरकारले महानगरपालिकालाई बनाई दिएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको थियो ।
दलहरुले पटक पटक गरेर चार पटकसम्म समय थप समेत गरेका थिए । समय थप गरेपनि सत्तास्वार्थमा लागेका प्रमुख दलहरुले नयाँ संविधान दिन सकेनन् । नयाँ संविधानका नाममा सरकारी राज्य कोषबाट र अन्तर्राष्ट्रिय जगतको सहयोगमा अर्बौ रुपियाँ खर्च समेत भईसकेको छ । सो रकम खर्च भएपनि सभासद र दलहरुले नयाँ संविधान दिन सकेनन् ।
सभासद र प्रमुख दलहरुका कारण समयमा नयाँ संविधान बन्न नसेपछि पछिल्लो पटक सर्वोच्च अदालतले एक पटक मात्रै म्याद थप्न पाउने फैसला गरेको थियो ।
सर्वोच्च अदालतको आदेश वमोजिम प्रमुख दलहरुले विवादित विषयमा सहमति जुटाउन नसेपछि अन्ततः संविधानसभा विघटन भएको हो ।
२००४ सालमा पहिलो संविधान जारी भएको थियो । ६ दसक लामो नेपालको राजीतिमा ६ वटा संविधानले स्थान पाईसकेको छ ।
विशेष गरेर राज्य पुनर्संरचनामा दलहरुका वीच विवाद भएपछि नयाँ संविधान जारी हुन नसकेको नेताहरुको आरोप प्रत्यारोप छ ।

पछिल्लो समयमा संविधानसभा बैठकमा संविधानका विवादित विषयमा छलफल नै हुन नपाई विघटन भएको छ ।

प्रतिक्रिया