विद्यालयलाई कम्प्युटर प्रदान

तेह्रथुम, १६ फागुन । फदाप गाउँपालिका-१, सिम्लेका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गरेका हुन् ।

विद्यालयको संस्थापक सदस्यसमेत रहेका फेदाप गाउँपालिका-१, सिम्लेका लक्ष्मीसुन्दर निङ्लेकुले आमा जोगमायाको स्मृतिमा ‘आमा पुस्तकालय’ स्थापना गर्नुका साथै विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

उनले विद्यालयलाई नगद रु ५० हजारसमेत सहयोग गरेका छन् । विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले निङ्लेकुले पुस्तक खरिद गरी पुस्तकालय स्थापना गरिदिएका हुन् ।

निङ्लेकुले बुबा कृषिप्रसाद र आमा जोगमायाको स्मृतिमा विद्यालयलाई सहयोग गरेको बताए । प्रधानाध्यापक कृष्णबहादुर थापाले चाँडै नै कम्प्युटर शिक्षक नियुक्ति गरी कम्प्युटर कक्षा सञ्चालन गरिने बताए ।

प्रतिक्रिया