एजेन्सी,
काठमाडौं । एक देशबाट अर्काे देशमा जानका लागि प्रवेशाज्ञा (भिसा) को आवश्यकता पर्दछ । तर, विश्वका केही देश यस्ता पनि छन् जुन देशमा जानका लागि प्रवेशाज्ञा लिईरहनु पर्दैन । जस्तैः नेपाल र भारत । नेपाली भारतमा भारतीय नेपालमा आउनका लागि भिसाको आवश्यकता पर्दैन । त्यस्तै पहिला पाकिस्तान र अफगानिस्तानमा पनि भिसाको आवश्यकता थिएन । तर, १ जनवरी २०१७ देखि अफगानिस्तान सरकारले रोक लगाएको छ । यो उसले आतंककारी गतिविधिलाई रोक्नका लागि यस्तो कदम उठाएको भनिन्छ । यसरी आतंककारी गतिविधिलाई रोक्नका लागि विश्वका कैयौँ देशले आफ्नो देशको सिमाना बलियो पारेका छन् । यसरी आफ्नो देशको सिमाना बलियो पारेका देशमा चोरी तरिकाले सिमाना नाघ्न खोज्नु भनेको आफ्नो मृत्यु आपैmँले बोलाए सरह हुन जान्छ । केही त्यस्ता सिमाना छन् जसका बारेमा हामी पनि जानकारी राखौँ ।
१. चाड र सुडानको सिमाना
चाड र सुडानको सिमानामा धेरै समय लडाइँ भएको थियो । यस लडाइँमा एकअर्का देशबीच घुसपैठ रोक्नका लागि दुवै देशले आफ्नो सिमाना सन् २००३ देखि बन्द गरेका छन् । तैपनि चोरीछिपी घुसपैठ भइराखेको छ । यसरी कडा गरे पनि करिब २ लाख ६२ हजार शरणार्थी चाडमा छिरेर सिमाना नजिकै शरणार्थी शिविर बनाएर बसेका छन् । चाड आपूmलाई शरणार्थीबाट असुरक्षित ठान्दछ । त्यसैले चाडले आफ्नो सिमानामा घुसपैठीलाई रोक्नका लागि आर्मी तैनाथ गरेको छ । सुडानी मिडियाको भनाइअनुसार चाड आर्मीले अहिलेसम्म सयौँ घुसपैठीलाई सिमानामा मारिसकेको छ । अब भने यी दुवै देश शान्तिका लागि आपसमा भएका मनमुटाव हटाउनमा लागिपरेका छन् ।
२. साउदी अरब र यमनको सिमाना
साउदी अरब र यमनको सम्बन्ध जहिले पनि नराम्रो नै भएको देखिन्छ । यमनको विद्रोहीहरू साउदी अरबमा छिर्ने दाउमा रहिरहन्छन् । यसैलाई रोक्नका लागि साउदी अरबले आफ्नो सीमालाई सिल गरेर राखेको छ । यदि त्यसो नगर्ने हो भने त्यहाँ जहिले पनि खतराको घन्टी बजिरहन्छ । यमनमा रहेका सिया तथा सुन्नी मुस्लिमबीच प्रायः लडाइँ चलिरहन्छ । यमनका सिया विद्रोही कमान्डर मोहम्मद अलि हाउतीले केही समयअघि अम्द रब्बाह मन्सुर हादीको सत्तालाई फालेर आपैmँलाई राष्ट्रपति घोषणा गरेका थिए । यसै घटनाले साउदी अरब हाउती सत्ताको विरुद्धमा रहेर हाउतीका समर्थकबीचमा बमबारी गरिरहेको छ । यसको जवाफमा हाउती विद्रोहीले साउदी अरबको सीमामा एक रकेट पनि हानेको थियो तर त्यसलाई साउदी अरबका सेनाले बीचमै खसालेका थिए ।
३.उत्तर र दक्षिण कोरियाको सिमाना
सन् १९४८ मा विभाजित भएको उत्तर तथा दक्षिण कोरियाको दुस्मनी कसैबाट लुकेको छैन । उत्तर कोरियाको सत्तामा तानाशाह किम–जोङ–उन छन् । उत्तर कोरियाले अन्तर्राष्ट्रिय विरोध हुँदाहुँदै पनि धेरैपटक परमाणु परीक्षण गरिसकेको छ । यसले दुई देशबीच जहिले पनि युद्धको खतरा भइरहेको छ । कैयौँपटक दुई देशबीच लडाइँ पनि भइसकेको छ । दुवै देशको सीमामा आआफ्ना देशका आर्मीलाई हाइ अलर्डका साथ यसरी राखेका छन् कि हुनसक्छ अहिल्यै युद्ध हुनेवाला छ । दुवै देशको सीमा पूरै बन्द छ । यदि कोही सीमा नाघ्ने प्रयास गर्छ भने आर्मीलाई गोली ठोक्ने पूर्ण अधिकार दिएको छ । त्यसैले कोही पनि सीमा नाघ्ने कोसिस गर्दैनन् ।
४. इजरायल र सिरियाको सिमाना
जहाँ इजरायलको चर्चा चल्छ त्यहाँ उसको शत्रु देश फिलिस्तिनको नाम जोडिहालिन्छ । तर, अहिले इजरायलका लागि सिरियन सीमा पनि खतरनाक बनिसकेको छ । यसको कारण हो सिरियामा चलिरहेको भीषण गृहयुद्ध । यही गृहयुद्धका कारण सिरियाबाट लाखौँको संख्यामा शरणार्थीहरू अन्य देशमा घुसपैठ गरिरहेका छन् । केही देशले सिरियन शरणार्थीलाई आफ्नो देशको सिमानामा क्याम्प बनाउन स्वीकृति दिएका छन् । तर, इजरायलले भने यसको विरुद्धमा रहेको छ । किनकी इजरायल शरणार्थीका रूपमा आंतककारी पनि सजिलैसँग भित्र पस्न सक्छन् भन्ने मान्यतामा रहेको छ । यसैले इजरायलले आफ्नो देशको सीमालाई पूर्णरूपमा बन्द राखेको छ । उसले सीमामा मान्छे मात्र होइन चरालाई पनि पस्न नसक्ने गरी बन्द गरेको छ ।
५.चीन र उत्तर कोरियाको सिमाना
विश्वमा उत्तर कोरियालाई चीनको समर्थन रहेको कुरा चर्चामा आइरहन्छ । यदि हो भने चीनले उत्तर कोरियाको सिमानामा किन कडा गरेको छ त ? चीनले उत्तर कोरियाबाट कोही पनि शरणार्थीका रूपमा आफ्नो देशभित्र नछिरुन् भनेर सीमामा आर्मी राखेको छ । उत्तर कोरियाको आर्थिक स्थिति धेरै खराब रहेको छ । त्यसैले उत्तर कोरियाली चीनमा छिर्ने दाउमा रहेका हुन्छन् । अहिलेसम्म उत्तर कोरियालीहरू करिब तीन लाखको संख्यामा चीन प्रवेश गरिसकेको तथ्यांकले देखाएको छ । यसैलाई रोक्नका लागि चीनले हाल उत्तर कोरियाको सीमालाई बन्द गरेको छ । यदि कोही घुसपैठ गर्ने कोसिस गर्छ भने गोली हान्ने अधिकारसहित चीनले सेना परिचालित गरेको छ ।
६. भेनेजुएला र कोलम्बियाको सिमाना
१ हजार २ सय ७५ किमी लामो भएको यी देशको सीमा पनि खतरनाक मानिन्छ । यसको मुख्य कारण हो भेनेजुएलाको वामपन्थी विद्रोहीहरू कोलम्बियामा घुसपैठको खतरा । कोलम्बियाको आरोप यो छ कि भेनेजुएलाको सरकार कोलम्बियाका विद्रोहीहरूलाई समर्थन गरिरहेको छ । त्यति मात्र होइन आफ्नो देशबाट विद्रोहीलाई हतियारसमेत पठाइरहेको छ । त्यसैले कोलम्बियाले आफ्ना सैनिकलाई सीमामा जो घुसपैठ गर्न थाल्छ त्यसलाई गोली ठोक्ने आदेश दिएको छ ।
७. अमेरिका र मेक्सिकोको सिमाना
विश्वकै सबैभन्दा शक्तिसम्पन्न देश अमेरिकालाई सबैभन्दा बढी खतरा मेक्सिकोबाट रहेको छ । किनकी यहाँबाट अमेरिका घुसपैठका लागि स्वर्ग मानिएको छ । त्यहाँमाथि पनि मेक्सिको लागुपदार्थ ओसारपसारका लागि कुख्यात रहेको छ । मेक्सिकोको सीमाबाट बर्सेनि हजारौँको संख्यामा अमेरिकामा घुसपैठ हुने गर्दछ । अमेरिकाले मेक्सिकोको सीमा बन्द गरेको छ । तर, घुसपैठहरूले अनेक उपाय निकालेर भए पनि अमेरिका छिरिरहेका छन् । त्यसैले यी देशको सीमामा प्रायः हिंसा भइरहन्छ । मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा अमेरिकन सैनिकको गोली लागेर अहिलेसम्म करिब ४० हजार मानिसको मृत्यु भइसकको अनुमान गरिएको छ ।
८. कम्बोडिया र थाइल्यान्डको सिमाना
केही साल अघिदेखि कम्बोडिया र थाइल्यान्डको सिमानामा मनमुटाव चलिरहको छ । सिमानामा दुवै देशका सैनिकबीच गोलाबारी भइरहन्छ । यसको कारण रहेको छ थाइल्यान्डको पुरानो ‘प्रियाह मन्दिर’ जुन सिमानामा अवस्थित छ । यो मन्दिरलाई दुवै देशले आफ्नो मानेका छन् । अन्तर्राष्ट्रिय अदालतले सन् १९६२ मा यस मन्दिरमा कम्बोडियाको अधिकार रहको बताएको थियो । तर, अब विवाद मन्दिरको आसपासमा रहेको जमिनलाई लिएर चर्किएको छ । कम्बोडिया विवादित जमिन आफ्नोे दाबी गर्छ भने केही जमिनमा थाइल्यान्डले कब्जा जमाइरहको छ ।
९. भारत र पाकिस्तानको सिमाना
सन् १९४७ मा विभाजन भएपछि यी दुई देशबीच पानी बाराबारको अवस्था रहेको छ । कस्मिरलाई लिएर भारत र पाकिस्तानबीच तीनपटक युद्ध भइसकेको छ । यस युद्धमा लाखौँ मानिसको ज्यान गएको थियो । भारत पाकिस्तानबाट आतंककारी छिरिरहेको आरोप लगाउँछ । अहिलेसम्म यी देशको सिमानामा सयौँ मानिसको मृत्यु भइसकेको छ । यसै कारण २ हजार ८ सय ९७ किमिको यस सिमाना विश्वको सबैभन्दा खतरनाक सिमाना मानिएको छ ।
प्रतिक्रिया