रौतहटमा दुईको हत्या

रौटहट, ९ जेठ । रौतहटमा दुई व्यक्तिको हत्या भएको छ । हत्या गरिएकामध्ये तीन वर्षीय बालकको शवको टाउकोमात्र फेला परेको छ ।
समनपुरस्थित बाग्मती नदी किनारमा हत्या गरेर फालिएको अवस्थामा सर्लाही मानपुर–९ का तीन वर्षीय दिनेश यादवको टाउको फेला परेको प्रहरीले बताएको छ । यादव आइतबार रातिदेखि हराइरहेको बाबु गणेश रायले बताए । उनको शव फेला परेको छैन । आमासागै आइतबार बजार गएका बेला हराएका बालकको खोजी क्रममा टाउको मात्र फेला परेको हो ।
यस्तै, अकोलावा–४ मा एक वृद्धको छुरा प्रहारबाट मृत्यु भएको छ । पाँचजनाको समूहमा आएका लुटेराले ६५ वर्षीय शोभीलाल साहलाई छुरा प्रहार गरेका थिए ।  साहको पसलबाट लुटेर भाग्ने क्रममा हल्ला गरेपछि लुटेराले साहलाई छुरा प्रहार गरेका थिए । गम्भीर घाइते साहलाई उपचारका लागि भारत लैजाने क्रममा बाटोमै मृत्यु भएको एसपी ठूले राईले बताए ।

प्रतिक्रिया