अमेरिकी विदेशमन्त्री टिलर्सन ल्याटिन अमेरिकाको भ्रमणमा

टेक्सास, १९ माघ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले बिहीबारबाट ल्याटिन अमेरिकी देशको भ्रमण शुरु गरेको समाचार छ ।

उनले पहिलो मुलुलकका रुपमा मेक्सिको लाग्नुअघि टेक्सासमा आफ्नो भ्रमणका साथै अमेरिकी विदेश नीतिका बारेमा टेक्सास विश्वविद्यालयमा प्रवचन दिए ।

त्यस अवसरमा गरेको सम्बोधनमा अमेरिकाले आफ्नो विदेश नीतिमा सुधार ल्याउन र आर्थिक विकासका लागि ट्रम्प प्रशासनले काम गरिरहेको जानकारी दिए ।

त्यस अवसरमा उनले ल्याटिन अमेरिकी देशमा चीन र रूसको बढ्दो उपस्थितिले खतरा उत्पन्न पनि गर्नसक्ने धारणा राखे । ल्याटिन अमेरिकाको पहिलो भ्रमणका क्रममा बिहीबार मेक्सिको प्रस्थान गर्नुअघि टेक्ससमा बोल्दै टिलर्सनले सो धारणा राखे ।

उनले चिनियाँ लगानीको अहिलेको मोडेलले ल्याटिन अमेरिका वा अमेरिकाका लागि राम्रो नगरेको पनि बताए ।

टिलर्सनले त्यस अवसरमा अमेरिकाले भेनेजुएला र क्यूबामा प्रजातन्त्रको स्थापनाका लागि आवश्यक स्वतन्त्र र निश्पक्ष चुनाव गराउन दबाब दिइरहने पनि बताएका थिए ।

ल्याटिन अमेरिकाको भ्रमणमा निस्कनुअघि टेक्सस विश्वविद्यालयमा आफ्नो विदेश नीतिबारे पनि उनले लामो सम्बोधन गरेका थिए ।उनले सबै ल्याटिन अमेरिकी देहलाई रूस वा चीनसँग भन्दा पनि अमेरिकासँग कामगर्न पनि आह्वान गरेका थिए ।

पछिल्लो समयमा चीन र रूसले ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति दह्रो बनाउँदै लगेका छन् । उनीहरुले केही क्षेत्रमा लगानी पनि गरेका छन् ।

टिलर्सनले रूसले कतिपय निरंकुश शासन सञ्चालन गर्दै आएका देशमा हात हतियार बेचेको आरोप पनि विदेशमन्त्री टिलर्सनले लगाएका थिए ।

उनले ल्याटिन अमेरिकी देशमा पछिल्लो समयमा रुसको उपस्थिति र चासो बढ्दै जानुलाई खतराको संकेत हो भनेको टेक्सासबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया