काठमाडौं, १७ माघ । प्रदेश नम्बर-३ को प्रदेशसभाको पहिलो बैठक विहिबार बस्दै छ ।
हेटौंडामा विहिबार पहिलोपटक बस्न लागेको बैठकमा प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने र सभामुख चयनको प्रस्ताव सम्भावित कार्यसूचीमा राखिएको छ ।
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन् । यसअघि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको बैठक पनि बुधबार हेटौंडामा बसेको छ ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका प्रतिनिधिले पनि आ-आफ्ना धारणा राख्नेछन् । बैठक १ बजे बोलाइएको बैठककाे लागि प्रदेशसभा हलमा ३ तहको सुरक्षा व्यवस्था मिलाइएको छ । पहिलो घेरामा ३० जना मर्यादापालक रहनेछन् ।
प्रतिक्रिया