नेपाललाई मोरक्कोमा २ स्वर्ण

काठमाडौं । उत्तर अफ्रिकी देश मोरक्कोको जागोरा सहरमा आयोजना भएको विश्व मार्सल सेल्फ डिफेन्स च्याम्पियनसिपमा नेपालले २ स्वर्ण र ३ रजत पदक प्राप्त गर्न सफल भएको छ ।

मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्सका अध्यक्ष डिबी रानापालका अनुसार पुरुष ७२ केजी तौल समूहको २ छुट्टाछुट्टै खेलमा अर्जुन रोक्काले आयोजक मोरक्कोका खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।

महिला ६५ केजी तौलमा सञ्जु महर्जनले २ छुट्टाछुट्टै खेलमा पोर्चुगलसँग फाइनलमा पराजित हुदै २ रजत पदक प्राप्त गरिन् । पुरुषकै ५८ केजी तौलमा ङवाङ केश्याङ लामाले तान्जानियाका खेलाडीसँग पराजित हुँदै रजत पदकमै सीमित भए ।

नेपालमा स्थापना भएको छोटोसमयमा नै मार्सल सेल्फ डिफेन्सका खेलाडीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हात पार्न सफल भएका छन् । प्रतियोगिता २९देखि २ पौससम्म आयोजना भएको थियो ।

 

प्रतिक्रिया