बाम गठबन्धनले नै देशको बिकाश गर्छ– बरिष्ठ नेता नेपाल


तिवारी यादव

वीरगञ्ज, २९ मंसिर । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमारले भखरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन मार्फत बाम गठबन्धनको पक्षमा मत दिएर निर्वाचित गराएकोमा धन्यबाद दिएका छन ।

प्रेस चौतारी र प्रेस सेन्टर पर्साले संयुतm रुपमा शुक्रबार होटेल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता नेपालले काम गठबन्धन यस निर्वाचन मार्फत नयाँ अग्नी परीक्षामा होमिएको छ । त्यसकारण संबिधानको नियम बमोजिम ३५ दिन भित्र नै बाम गठटबन्धनको सरकार बन्ने बताएका हुन ।

बाम गठबन्धनको अगाडी चुनौती पनि रहेका कारण त्यो पार गर्ने बताएका छन । बाम गठबन्धन देशको बिकाश गर्नेको लागी भएका कारण सम्पुर्णलाई नै देशको बिकाशमा लिएर बताएका छन । जित्नु ठुलो कुरा ह्दैन जिम्मेवारी पुरा गर्नु ठुलो रहेको बताएका छन ।

नेपाली जनता बाम गठबन्धनलाई पत्याएर पहिले पनि मत दिएको हो तर बिभिन्न राजनितिक खेलमा अर्को पार्टिले फाईदा लिएको बताए । उनले भने ,‘बाम गठबन्धनको सुखि नेपाली र समृद्ध नेपालको नारालाई पुरा गरेर जाने बताए । नेपालमा रहेको गरीबि , बेरोजगारी , अशिक्षा , सबैको अन्त्य गरी हामी अगाडी बढाउने बताए ।

प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बंशिधर मिश्रा , नागेन्द्र चौधरी , जयप्रकाश थारु ,रामचन्द्र साह लगायतका नेताहरको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटे मगरले गरेका थिए ।

प्रतिक्रिया