अञ्जना र विकललाई कांस्य

 

काठमाडौं २७ मंसिर । बेलारुसमा भएको सातौँ अन्तर्राष्ट्रिय मार्सल आर्ट गेम्समा आइटिएफ तेक्वान्दोकी अञ्जना सिवाकोटी र विकल पौडेलले कांस्य पदक जितेका छन् ।

बेलारुसको मिनिस्क सहरमा भएको च्याम्पियनसिपमा अञ्जनाले ५९ केजी तौल समूहमा कांस्य पदक जितेकी हुन् । अन्तर्राष्ट्रिय मार्सल आर्ट गेम्स कमिटी (आइएमजिसी) को आयोजनामा भएको गेम्समा अञ्जनाले क्वार्टर फाइनलमा काजकिस्तानकी खेलाडीलाई हराउँदै अन्तिम ४ मा पुगेकी थिइन् ।

तर, अन्तिम ४ मा स्टोनियाकी खेलाडीसँग स्तब्ध भएपछि अञ्जना कांस्य पदकमै सीमित भएकी हुन् । विकलले भने पुरुष ५७ केजी तौलमा कांस्य पदक जितेका थिए ।

नेपालका लागि ६७ केजी तौल समूहमा मनोज खड्का र प्याटर्नमा प्रतिस्पर्धा गरेका शिव पाण्डे भने पदकविहीन रहे ।

गेम्समा नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमला हेड अप टिम, संघका उपाध्यक्ष कल्पदीप राई कंगे्रस प्रतिनिधि र टिम प्रशिक्षकमा प्रकाशकुमार कुसारी रहेका थिए ।

 

प्रतिक्रिया