कोलोम्बियामा सडक दुर्घटना, १४ को मृत्यु

बोगोटा, ४ मंसिर । उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलामामा आइतबार यात्रामा गइरहेको एउटा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।

कोलोम्बियाली अधिकारीहरुले सो जानकारी दिएका छन् । मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक समाचारमा जनाइएको छ ।

यस बसमा कति व्यक्ति सवार रहेका थिए भन्नेबारेमा यकिन संख्या भने थाहा नभएको तर ठूलो संख्यामा व्यक्तिहरु रहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

कोलोम्बियाको राजधानी बोगोटाबाट ५०० किलोमिटर टाढा रहेको एक राजमार्गमा सो दुर्घटना भएको थियो ।

प्रतिक्रिया