कान्दाहारमा उच्च सुरक्षा सतर्कता

कान्दाहार, २८ कात्तिक । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक प्रहरी पोष्टमा मङ्गलबार तालिबानको आक्रमणबाट २२ जना प्रहरी मारिएपछि सो क्षेत्रमा उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ ।

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान प्रहरी पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए । सो आक्रमणमा परी अरु दर्जनौँ घाइते थिए ।

सो क्षेत्रमा मङ्गलबार बिहानदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ । उक्त प्रहरी पोष्ट हाल अफगान सेनाकै कब्जामा रहेको छ भने सुरक्षा अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ ।

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले त्यहाँ हमला गरेका थिए । बुधबार राति रातभर भएको भिडन्तमा २२ प्रहरीको ज्यान जानुका साथै अरु कैयौँ घाइते भएका थिए ।

तालिबानहरुले उक्त जिल्लाका छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको बताइएको छ । ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन् ।

ती दुई जिल्लामा तालिबानले गएको सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यहरुको ज्यान गएको थियो ।

प्रतिक्रिया