काठमाडौं, २२ कात्तिक । नुवाकोटको बेलकोटगढी नगरपालिका ६ घर भएका १९ बर्षीय विशाल दाहाल पेटको क्यान्सर (हच्किन्स लिम्फोमा) भएर ९ महिना देखि सिभिल सर्भिस अस्पताल काठमाण्डौंमा उपचार गराईरहेका छन् ।
कक्षा १२ मा पढ्दै गरेका उनि पढाईमा अब्बल थिए, तर हाल जिवन र मृत्युको दोसाँधमा लड्दै छन् । उपचारको क्रममा २० लाख रूपयाँ खर्च भैसक्यो, कृषि अनि सानो तिनो घुम्ती पसल गरेर गुजारा गर्ने परिवारलाई विशाललाई कसरी बचाउने हो भन्ने तनाबले सताईरहेको छ ।
डाक्टरहरूका अनुसार अझै १० लाख भन्दा बढि खर्च हुन्छ । एउटा सानो किसान परिवारले त्यति धेरै पैसा कहाँबाट जम्मा गर्नु समस्याले सताएको छ ।
अहिलेसम्म त साथिभाईहरूको सहयोग अनि सरसापटबाट उनको उपचार भईरहेको छ, तर अब के गर्ने भन्ने कुराले उनका बुबा माधबप्रसाद दाहाल अहिले छटपटाई रहेका छन् ।
आखिर सन्तानको माया कसलाई हुँदैन र गाउँको जग्गा बिक्री पनि हूँदैन, कसैगरि बिकिहाल्यो भनेनि कति नै पैसा आउँछ र त्यो सेपिलो पाखोको अनि त्यहि पनि बेचेर परिवार कहाँ बस्ने, विशालको बुबाले गहभरी आँशु पार्दै सुनाए । समयमै उपचार भएन भने के हुन्छ भन्न सकिन्न भन्छन् डाक्टरहरू ।
पढेर केही गर्ने अनि ठुलो मान्छे बन्ने सोच भएका विशाल आज मृत्युसँग लडिरहेका छन् । त्यसैले विशालको लागि सहयोगको अपिल गरेका छन् । सहयोगि मन भएकाहरुको साथ चाहिएको छ ।
आज यो समस्या विशाललाई भयो भोली हामीलाई वा हाम्रो सन्तानलाई पनि नहोला भन्ने के छ र ? त्यसैले सबैको साथ र सहयोगले एक होनाहार युवाको जिवन बचाउन सबैमाझ अपिल गर्दछु उनका बुबाले भने ।
थप सम्पर्कको लागि माधबप्रसाद दाहालः ९८५१२४९१३३, विशाल दहालः ९८६५०५१८३८
प्रतिक्रिया