गोजीमै पड्कियो स्मार्टफोन

xiaomi-redme-note-4-blast-on-pocketबइेजिङ ४ भदौ । गोजीमा रहेको अवस्थामा स्मार्टफोन पड्किएको विषयलाई लिएर जाओमीले अनुसन्धान गर्ने भएको छ । स्मार्टफोन निर्माण गर्ने चर्चित चिनियाँ कम्पनी जाओमीको रेडमी नोट ४ एक प्रयोग कर्ताले बोकिरहेका बेला गोजीमै पड्किएको थियो । भारतका एक प्रयोगकर्ताले गोजीमा रेडमी नोट ४ बोकेर मोटरसाइकल चलाइरहेका थिए । मोटरसाइलकमा चलाइरहेकै बेला गोजीमा सो फोन पड्किएको थियो । विष्फोटपछि फोन त ध्वस्त भएको छ नै उनलाई समेत चोट लाग्यो ।
उनले यो विषयलाई लिएर अदालत जाने र क्षतिपूर्ति माग्ने तयारी गरिरहेका बेला फोन निर्माता कम्पनी जाओमीले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ । यसैगरी जाओमीले स्मार्टफोन पड्किएर घाइते भएका व्यक्तिलाई सम्पर्कको प्रयास भएको समेत जनाएको छ ।गएको ६ महिनामा मात्र जाओमीले भारतमा मात्र रेडमी नोट ४ स्मार्टफोन ५० लाख वटा बेचिसकेको छ ।

प्रतिक्रिया