त्रिपाठीको दुई लाखको ‘टिकिया हरायो’

20632637_1612041418840354_116284986_n

गायीका, कार्यक्रम प्रस्तोता र मोडेलको परिचय एकै साथ बनाएकी शोभा त्रिपाठीले यो तिजका लागि ‘टिकीया हरायो’ गिती एलबम ल्याएकी छन् । त्रिपाठीको यो दशैं एल्बम हो । दश वर्षदेखि उनले हरेक तीजमा एल्बम निकाल्दै आएकी छन् । दश वर्ष अघि निकालिएको पहिलो एल्बम ‘सिरैमा सिरफूल’ हिट भए पछि उनको हौसलाको सिढि बढे आएको छ । उक्त एल्बमले आफूसँगै कम्पनीले राम्रो कमाइ गरेको उनले बताइन । आफना गित मनोरञ्जनका साथै सन्देश मुलक होस भन्नेमा सचेत रहेकोउनको धारण छ । टिकिया हराए सन्दर्भमा सौर्य दैनिककर्मी चमीना भट्टराइसँग गरिएको शोभाको संवादः

सानैदेखि नाच्ने गाउँन मन लाग्थ्यो । कतै गित बज्यो किसँगै गाउन र नाच्न मन लाग्थ्यो । मेरो त्यो चाहनामा उत्साह थप्ने प्रेणाका स्रोत स्कूलका सहपाठी बाहेक कोहि थिएनन । म स्कूलमा हुने हरेक सांस्कृतिक कार्याक्रममा परिवारको स्वीकृत विना आखाँ छलेर नाच्न जान्थें । सबैले वाह वाह भन्थें । मेरो कला देखेर मलाई साथीहरु भन्थे, ‘शोभ त राम्री पनि छेस स्वार र नाँच दुवै राम्रो छ, नाच गा पछि प्रगती गर्छेस, ।’ साथीहरुको त्यहि प्रेणा र हौसलाले आज मलाई यहाँसम्म ल्यायो सबैले गायीकाको रुपमा चिन्ने अवसर पाएका छन् मैले सफलता पाएको छु ।

धादिङबाट पढनका लागि काठमाडौँ आएँ पछि पढाईसँगै इमेज चयानलमा कार्यक्रम चलाउन थाले । त्यहि क्रममा धेरै कुरा सिक्ने र धेरैलाई चिन्ने मौका पाए । सानै देखिको रहर थियो गाउँने । आफ्नै सुरुमा एक्लै पनि गुनगनाउँथे ।  मेरो मन भित्र गुम्सिएको चाहना काठमाडौं आए पछि प्रस्तुत हुन पायो । साथीहरुको सायोगमा दश वर्ष अघि निकालेको पहिलो एल्बम ‘सिरैमा सिरफूल’ निकै चल्यो त्यो गित सबैतिर बज्थयो । साथीहरु बधाइ दिन्थें, राम्रो छ भन्थें । तर, घरबाट स्यावास भने पाइन ।

अहिले पनि पाएको छैन । परिवार मेरो गाउँने नाच्ने कुराबाट खुसी छैनन् उहाँहरु अब नाच्न गाउँन छोड भन्नुहुन्छ । तर, म सक्दिन् । म नाच्न र गाउँनकै लागि जन्मेको हुँ कि जस्तो लाग्छ ।  पहिलो सफलताले मलाई अघि बढन प्रेरित ग¥यो । अर्को तिजमा फेरि एल्बम निकाले ‘यो तिजमा ढल्केर नाचिन्छ, ।’ तर, उक्त एल्बममा रहेको एउटा गितका कारण मैले आलोचना खेप्नु प¥यो । अझ पश्चिम नेपालमा त्यो गितले प्रवेश नै पाएन । मलाई दुख पनि लाग्यो । त्यस पछि भने मैले एलबम निकालनु पूर्व यसमा आउने भाषा र शब्दमा ध्यान दिन थाले । मेरो भाषा र शब्दले कसैलाई चोट नपुगोस भन्नेमा म सचेत हु । गित लेख्नलाई पनि त्यसमा ध्यान दिन भन्ने गरेको छु । पछि त आफै पनि हेरेर सच्याउन सुझाव दिने गरेको छु । मनोरञ्जनको नाममा सस्तो लोकप्रियता कमाउनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गिका कारण कसैको भावना वा स्थाीय संकृतिमा चोट नपुगोस भनेर सचेत भएको छु ।

‘टिकीया हरायो’ नेपाली महिलाको लागि २०७४ सालको मेरो तीजी कोसेली हो । मलाई लाग्छ यसमा पनि महिलाहरुले पूर्ण रुपले मनोरञ्न लिने छन् । यसलाई मैले मनोरञ्जनको रुपमा प्रस्तुत गरेको छु । गित एकनारायण भण्डारीले लेख्नु भएको हो । उहाँ पनि भाषा शब्दमा सचेत भएका कारण यसले सबैको मन छुने छ भन्ने लागेको छ । यसले पनि मेरा अन्य नौ वटा एल्बमको बिरासत लिने कुरामा म ढुक्क छु । बाल्य कालको रहर युवा अवस्थाको उदेश्यमा म निरन्तर अढिक छु । स्रोताको माया, शुभचिन्तकको प्रेण अनि मेरो मेरो लगनशिलता र मेहनतले सफलता पाएकै छु । सांगीतीक यात्रामा गुनासो गर्ने ठाउँ छैन ।  गर्वका साथ भन्नु पर्छ मेरो सबै गितले हरेक तिजमा देश विदेशमा बस्ने नेपाली महिलाहरुले मनोरञ्न लिनु भएको छ ।

यो गति निरन्तर चली रहने छ । गित आफै गाउँछु आफैले नृत्य र्छु । अहिलेसम्म निस्केका हरेक एल्बमले मलाई नाम र दाम दुवै राम्रो दिएको छ । धेरै एल्बम निकाल्ने भन्दा थारै र राम्रो निकाल्ने कुरामा केन्द्रित हुने गरेको छु । टिकिया हरायोले म सँगै दर्शकलाई सन्तुष्ट पार्ने कुरामा ढुक्क छु ।

प्रतिक्रिया