श्रीनगर १८ साउन । भारत प्रशासित काश्मिरमा मंगलबार लासकार इ तोइबाका एक जना वरिष्ठ कमान्डर अबु दुजाना मारिएको समाचार छ । सरकारी सुरक्षा बल र आतंककारीबीच भएका दोहोरो भिडन्तमा ती कमान्डर मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ । पुल्वामा जिल्लाको हार्किपोरा गाउँको बाहिरी इलाकामा आतंककारी र सुरक्षाबलबीच भएको दोहोरो गोली हानाहानमा ती कमान्डर मारिएका छन् । भारत प्रशासित काश्मिरमा रहेको श्रीनगर सहरबाट २७ किलोमिटर दक्षिणमा पर्ने इलाकामा मंगलबार बिहान सो घटना भएको थियो ।
प्रतिक्रिया