काठमाडौं । यसवर्ष दुई हजार पाँच सय ६१औँ बुद्धजयन्ती मनाउनका लागि अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धर्ममूर्तिको संयोजकत्वमा एक सय ४२ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको छ । समितिअन्तर्गत प्रचारप्रसार, समारोह प्रबन्ध तथा विहार शृंगार, धर्मदेशना, अस्थिधातु प्रदर्शन, खाद्य व्यवस्थापन, अर्थ संकलन, जलपान व्यवस्था, स्वयंसेवक परिचालन र संयुक्त राष्ट्र संघ परिसर बुद्ध जयन्ती कार्यक्रम सञ्चालन उपसमिति गठन गरिएको छ । बुद्धजयन्तीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नका लागि जेबीपात्रो प्रकाशन, रक्तदान, बौद्ध कविगोष्ठीसमेत सञ्चालन गरिनेछ ।
शाक्यमुनि गौतम बुद्धको जन्म, सम्बोधिलाभ (ज्ञान प्राप्त) तथा महापरिनिर्वाण (निधन) प्राप्त भएको दिनका रूपमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गर्छन् ।
स्वयम्भूस्थित आनन्दकुटी विहारमा भूकम्पका कारण क्षति पुगेपछि अहिले मर्मतका क्रममा छ । सोही परिसरभित्र विभिन्न गतिविधिका साथ बुद्धजयन्ती मनाइनेछ । नवगठित समितिका संयोजक धर्ममूर्तिले बुद्धजयन्तीका दिन विहारमा आउने भक्तजनलाई सहज दशर्नका लागि आवश्यक सुविधा उपलब्ध गराइने बताए ।
प्रतिक्रिया