काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडाँै शाखाको अध्यक्षमा शन्तराम बिडारी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा उनले चार सय २९ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । अध्यक्ष पदकै अर्का प्रत्यासी रामकृष्ण अधिकारीले चार सय १४ मत प्राप्त गरेका छन् । प्रेस चौतारी नेपालमा आबद्ध बिडारी ‘दामन पोष्ट’ साप्ताहिकका सम्पादक हुन् । यसैगरी २० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष खुल्लामा सूर्य सुवेदीले चार सय १७, महिला उपाध्यक्षमा सीता पोखरेलले तीन सय ९६, सचिवमा मोहन पन्तले चार सय दुई, सहसचिवमा रामशरण माझीले तीन सय ७९ र अमीर लामाले चार सय ४८ मत प्राप्त गरी विजयी भएका छन् भने कोषाध्यक्षमा रामचन्द्र बस्नेत निर्वाचित भए । चुनावमा कूल एक हजार तीन सय ७५ मतदातामध्ये आठ सय ७८ मत खसेको थियो ।
प्रतिक्रिया