सौर्य दैनिक प्रतिष्ठानको अधिवेशन

adhibesan re (3)
काठमाडौं । नेपाल पत्रकार महासंघ सौर्य दैनिक प्रतिष्ठान शाखाको पहिलो अधिवेशन सम्पन्न भएको छ । महासंघका महासचिव उजिर मगरको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ईश्वरी काफ्लेको अध्यक्षता नौ सदस्यीय प्रतिष्ठान शाखा कमिटी गठन गरेको छ । सर्वसम्मतिले गठित शाखा कार्यसमितिको उपाध्यक्षमा वेञ्जु गिरी र नन्दनप्रसाद सापकोटा छनोट भएका छन् । समितिका पदाधिकारीमा सचिवमा सूर्य बुढाथोकी, सहसचिवमा सूर्य पुडासैनी र कोषाध्यक्षमा सुमन सुवेदी चयन भएका छन् भने सदस्यमा शान्ति राई, सुदीप नेपाल र नारायण नेपाल रहेका छन् ।
केद्रीय पार्षदमा वोधराज त्रिपाठी र जानुका शर्मालाई छनोट गरिएको छ भने प्रदेश पार्षदमा अनिल मल्ल ठकुरी र रामभक्त महर्जन रहेका छन् ।

प्रतिक्रिया