वैशाखमा दुईवटा उल्का वर्षा

काठमाडौं । मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार ५ वैशाखदेखि सक्रिय भएको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) १२ वैशाखसम्म सक्रिय रहनेछ । ९ वैशाख राति ९ः४५ बजे अत्यधिक सक्रिय हुनेछ ।
अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५÷२० वटा उल्का खसेको देख्न सकिनेछ । १३ वैशाखमा औंशी परेकाले यस वर्षको उल्का ९ वैशाख राति पौने १० बजेदेखि पौने ३ बजेसम्म हेर्दा उत्तम हुने अध्यक्ष भट्टराई बताउँछन् । थ्याचर नामक पुच्छ्रे«ताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । थ्याचर पुच्छ्रे«ताराले सूर्यको एक फन्को लगाउन चार सय १५ वर्ष लगाउँछ । अध्यक्ष भट्टराईका अनुसार २३ वैशाखमा कुम्भ उल्का वर्षा (एटा एक्वारिड मिटियोर सावर) हँुदैछ । उक्त दिन दक्षिणी गोलाद्र्धबाट प्रतिघन्टा ५५ वटाभन्दा बढी उल्का देखिने भए पनि नेपालबाट १० देखि ३० वटासम्म देख्न सकिनेछ ।
हेली नामक पुच्छ«े«ताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । हेली पुच्छ्रे«ताराले सूर्यको एक फन्को लगाउन ७६ वर्ष लगाउँछ ।
पुच्छ«्रेतारा वा धुम्केतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोको कण छोड्ने गर्छन् जुन लाखाँै किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलोको कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा धुलोको कण पृथ्वीको वायुमण्डलमा ठोक्किँदा उल्का देखिन्छ । यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

प्रतिक्रिया