निर्वाचन कसैले रोक्न सक्दैन ः केसी

काठमाडौं । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मुलुकमा आसन्न स्थानीय तहको चुनाव कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् ।
राजधानीमा आयोजित पत्रकारसँगको साक्षात्कारमा उनले करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनप्रति देखिएको जनलहरले अब निर्धारित समयमै चुनाव हुने वातावरण बनाएकोे बताए ।
मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन उनीहरूको सुझावअनुसार संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएको बताउँदै उनले यसमा उनीहरू सन्तुष्ट भई चुनावमा सहभागी हुनुपर्ने सुझाव दिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले निर्वाचनमा पराजित हुने भयले मधेसी मोर्चाले चुनावमा सहभागी नहुने निर्णय गरेको बताउँदै उनीहरू चुनावमा नआए पनि तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनीलकुमार झाले मधेसी मोर्चासँग छलफल नगरिकन दोस्रोपटक संशोधनको विधेयक ल्याइएकोमा असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया