रुद्रप्रसाद स्मृति पुरस्कार रिसाललाई

काठमाडौं । रुद्रप्रसाद रिजाल स्मृति पुरस्कार प्राध्यापक शिवगोपाल रिसाललाई प्रदान गरिएको छ । स्वर्गीय रिजालको नाममा उनको छोरीहरूले उक्त पुुरस्कार बर्सेनि साहित्य क्षेत्रमा योगदान पु¥याउने एक व्यक्तिलाई दिने गरेको छ । मकवानपुरमा जिमिन्दारका नामले चिनिने समाजसेवी स्वर्गीय रुद्रप्रसाद रिजालको नामामा स्थापित रुद्रप्रसाद रिजाल स्मृति कोषले उक्त पुरस्कारको रिसाललाई प्रदान गरेको हो । स्वर्गीय रिजालले हेटौँडामा नयाँ बस्ती बसाउन उल्लेखनीय भूमिका खेलेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका उपकुलपति एवं प्रमुखअतिथि विष्णुविभू घिमिरेले रिसाललाई पुरस्कृत गरेका थिए । सो अवसरका घिमिरेले आफ्ना मातापिताको नाममा यस्ता कार्य गर्ने छोराछोरी समाजमा कम हुने बताए । उनले भने, ‘सन्तानले आफ्ना मातापितालाई आफ्नो आर्थिक अवस्था अनुसार सम्झनुपर्छ,’ उनीहरूले कमएको सानो कमाइले उनीहरूका नाममा सम्झनलायक काम गर्नु पनि ठूलो कुरा हो,’ उनले भने ।
कार्यक्रममा स्वर्गीय रिजालले मकवापुरको विकासकमा पु¥याएकोे योगदान बारे विभिन्न व्यक्तित्वहरूले चर्चा गरेका थिए । कवि एवं लेखक आनन्दराम पौडेलले रिजालको समाजिक कार्य उदाहरणीय भएको बताए । उनले भने औलोले भागाभाग भएको हेटौँडालाई अहिलेको हेटौँडा बनाउने उनी जिमिन्दार बाजे हुन् ।
उक्त कोषबाट पुरस्कार पाउने रिसाल १०औँ व्यक्ति हुन् । उनलाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा साउदी अरेबियाका पूर्वराजदूत एवं स्वर्गीय रिजालका कान्छा ज्वाइँ उदयराज पाण्डेकोसमेत उपस्थिति थियो ।
कार्यक्रममा कोषको सदस्यसचिव एवं स्वर्गीय रिजालकी कान्छी छोरी कल्पना रिजालले बुबाको नाममा कोष स्थापना गरिएको र सो कोषमा आएको नामसमेत जोड्ने र १० लाख रूपैयाँ थप्ने बताइन् । उक्त कोष स्वर्गीय रिजालका छोरीहरूले स्थापना गरेका हुन् ।

प्रतिक्रिया