काठमाडौं महासंघको ताला खुल्यो

काठमाडौं । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखामा एक महिनादेखि लगाइएको ताला आज खुलेको छ । महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टको रोहवरमा असन्तुष्टि पक्षको माग सम्बोधन गर्ने गरी आज ताला खुलाइएको शाखा अध्यक्ष गोविन्द चौलागार्इंले जानकारी गराए । ‘सदस्य वितरण र स्तानान्तरणसम्बन्धी कुरामा चित्त नबुझेर केही संगठनले ताला लगाएका थिए’, उनले भने, ‘हामीले उहाँहरूको मागलाई सम्बोधन गर्नेगरी पहल गर्ने सहमति गरेपछि ताला खुलाइएको हो ।’
२४ फागुनमा प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सोसाइटी र पत्रपत्रिका अधिकार मञ्चले संयुक्तरूपमा सदस्य वितरण र गैरढंगबाट सदस्य स्तानान्तरण गरेको भन्दै ताला लगाएका थिए । अध्यक्ष चौलागार्इंले ताला खुलेपछि वैशाखको पहिलो हप्ता शाखाको अधिवेशन गर्ने जानकारी गराए । ताला लगाएपछि १ चैतमा हुने भनिएको शाखाको अधिवेशन हुन सकेको थिएन । शाखामा करिब एक हजार दुई सदस्य रहेका छन् ।

प्रतिक्रिया