मतदाता नामावली स्वीकृतः आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाता कायम भएका छन् । ०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रूपमा मान्यता प्रदान गरेको छ । आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको संख्या ७० लाख ६९ हजार सात सय १४ र महिला मतदाताको संख्या ६९ लाख ८४ हजार ६ सय २५ रहेका छन् । त्यस्तै एक सय ४३ जना तेस्रोलिंगी मतदाता संख्या कायम रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार आठ सय ७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् । आयोगकाअनुसार मतदाता नामावली स्वीकृति भएसँगै नामावलीको छपाइ कार्य आइतबारदेखि सुरु हुनेछ ।
आयोगले मतदाताको सूची केहीदिन भित्रै आफ्नो वेबसाइटमा राख्ने जनाएको छ । मतदातको नामावली आगामी १० वैशाख भित्रै सबै जिल्लामा पु¥याइसक्ने जनाइएको छ ।

प्रतिक्रिया