काठमाडौं । देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालले स्थानीय तह निर्वाचन ऐन २०७३ ले व्यवस्थाअनुसार हाल संसद्मा रहेका दलहरूले मात्र निर्वाचन चिह्न पाउने प्रावधान गरेकोमा आपत्ति प्रकट गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै मोर्चाका अध्यक्ष सीपी गजुरेलले सो कानुनमा भएको प्रावधान संविधानको भाग–१ को धारा–४ मा व्यवस्था गरिएको ‘नेपाल राज्य लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भन्ने भावनासँग बाँझिएको उल्लेख गरेका छन् ।
संविधानका उक्त व्यवस्थाअनुसार नेपाली नागरिकले आफ्नो दर्शन, सिद्धान्त र विचार धारामा आधारित भएर राजनीतिक पार्टी र संगठन खोल्न र सञ्चालन गर्न पाउने पूर्ण स्वतन्त्रता प्रदान गर्ने स्मरण गर्दै उक्त कानुनले संविधानको भावनालाई निषेध गरेकाले उक्त कानुन तत्काल खारेज गर्न गजुरेलले जोडदार माग गरेका छन् ।
प्रतिक्रिया