मौसम अझै केही दिन बदली रहने

काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण बदली भएको मौसम अझै केही दिन जारी रहने विज्ञहरूले बताएका छन् ।
उक्त जलवाष्पयुक्त हावाको साथै पश्चिम बंगाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
‘यो केही दिन रहन्छ, काठमाडौं उपत्यकासहित पूर्वी र मध्य भेगमा दिउँसो र साँझपख हल्का वर्षात् हुने सम्भावना छ, पश्चिमी भेगमा कुनै समस्या छैन’, उनले भने ।
यसअघि पश्चिमी वायु र स्थानीय वायुको समिश्रणले साता दिन बढी मौसम बदलीसँगै देशका पूर्वी र मध्य भेगका विभिन्न स्थानमा वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंको अधिकतम तापक्रम २८ र न्यूनतम १६ डिग्रिसेल्सियस रह्यो ।

प्रतिक्रिया