सडक फराकिलो पार्ने क्रममा झडप

मकवानपुर, ६ माघ । सडक डिभिजन कार्यालय मकवानपुरले सडक फराकिलो पार्ने अभियान जारी राखेपछि हेटौँडाको राप्तीरोडमा झडप भएको छ । आन्दोलनकारी व्यवसायी र प्रहरीबीच केही समय झडप भएको हो ।

डिभिजन कार्यालयले बुधबार बिहानबाट पुनः सडक फराकिलो पार्ने अभियानलाई जारी राखेको छ । उता मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समितिले प्रदर्शन गरिरहेको छ । आफँै घर भत्काउनेलाई १५ दिनको समय डिभिजन सडक कार्यालय हेटौँडाले दिएको थियो । सडक फराकिलो अभियानअन्तर्गत सडकको २५ मिटर क्षेत्रभित्र पर्ने बासिन्दाको निवेदनलाई ध्यान दिँदै आफँै घर तथा आफ्नो भौतिक संरचना भत्काउने निवेदन दिनेहरूको लागि १५ दिनको समय थप गरेको छ ।

डिभिजन कार्यलयले सूचना जारी गर्दै १५ दिने निवेदन दिनेहरूको हकमा समय दिइएको जनाएको छ । डिभिजनले जारी गरको सूचनाको विषयमा जानकारी दिँदै डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता जयराम अधिकारीले आज पनि निवेदन दिन सकिने र निवेदन दिएकाहरूको हकमा १५ दिनको समय थप गरिने बताए । उनले अन्यको हकमा त्यो नियम लागू नहुने बताए ।

प्रतिक्रिया