bfªdf a; b’3{6gf
bfªsf] ndxL–3f]/fxL ;8sv08sf] d;f]6 vf]nfdf n’@v &&^ g+sf] a; laxLaf/ b’3{6gf x’Fbf tLg hgfsf] d[To’ / cGo !& hgf 3fOt] ePsf 5g . t:jL/ M afnf/fd v8sf, bfª, /f;;
दाङ, ८ पुस । लमही–घोराही सडकखण्डको मसोट खोलामा लु २ ख ७७६ नंको बस बिहीबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् । दुर्घटनामा परी प्युठान खालाकी ३८ वर्षीया देहोरी विक र सौडियारका ६० वर्षीय चित्रबहादुर श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक नन्दकुमार पोख्रेलले जानकारी दिए । एक मृतकको भने सनाखत हुन सकेको छैन ।
बिहीबार दिउँसो लमहीबाट घोराहीतर्फ आइरहेको गाडी दुर्घटनामा परेको हो । घाइतेहरूको राप्ती उपक्षेत्रीय अस्पताल घोराही र स्वास्थ्य केन्द्र लमहीमा उपचार भइरहेको छ । घाइतेको उद्धार कार्य जारी छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया