काठमाडौं, ४ पुस । रेखा थापाले पहिलोपटक खलनायकको भूमिका निभाएको भनिएको फिल्म ‘डायरी’को आइटम गीत ‘पैसा न कौडी’ बोलको भिडियो सार्वजनिक भएको छ । छुल्ठिम गुरुङ, सन्नी सिंह, रेखा थापालगायतको अभिनय रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् । निखिल विश्वासको शब्द तथा संगीतमा रेश्मा पुनको स्वर सुन्न सकिन्छ ।
फिल्म नोभेम्बर रेनबाट ‘डल्ली’ नामले चिनिएकी अभिनेत्री छुल्ठिम गुरुङले पहिलोपटक आइटम गीतमा नृत्य गरेकी छन् । फिल्मको निर्माता पनि छुल्ठिम नै हुन् । फिल्मको कथा छेतेन गुरुङले लेखेका हुन् भने अनील योञ्जनले निर्देशन गरेका हुन् । फिल्म ११ चैतमा रिलिज हुनेछ ।
प्रतिक्रिया