काठमाडौं, ३ पुस । राष्ट्रिय संस्थागत विद्यालय संघ (निसान)ले आयोजना गरेको प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरविद्यालय एकल गायन प्रतियोगिताको उपाधी श्रीयन्त्र स्कुल मूलपानीका जीवन बडुले जितेका छन् । चाबहिलको ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा द्वितीय स्थान बौद्ध चिल्ड्रेन हेभनका सुजन तामाङ, टाइमलाइन स्कुलकी अनुस्का राई तृतीय र सान्त्वना पुरस्कार इस्टपोल स्कुलका केसाङ शेर्पा र पाँच पोखरी स्कुलकी आकृती चौलागाईंले जितेकी छन् ।
राजधानीको ३० विद्यालयको सहभागिता रहेको कार्यक्रमका बिजेतालाई स्वास्थमन्त्री गगन थापा र निसानका अध्यक्ष ओम ढकालले मेडल शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सहयोग गर्ने संघसंस्थालाई समेत सम्मान गरिएको कार्यक्रममा कांग्रेस नेता एवं स्वास्थमन्त्री गगन थापाले बिजयीलाई उज्ज्वल भविष्यको शुभकामनासमेत दिएका थिए ।
कार्यक्रममा समाजसेवी प्रवेश लामिछाने, सुदर्शन बजगाई, कर्ण तामाङको आतिथ्यता रहेको थियो भने कार्यक्रम सञ्चालन निसानका महासचिव सौर्य आचार्यले गरेका थिए । निसान संस्थागत विद्यालयको सबैभन्दा ठूलो संस्था हो ।
प्रतिक्रिया