काठमाडौं, ३ पुस । पछिल्लो समयमा चर्चा कमाउन सफल गायक तथा समाजसेवी हुन् बिरही कार्की । उनले निकै नै सुमधुर तथा लोकप्रिय गीतहरु बजारमा ल्याउने गरेका छन् । त्यस्तै उनले भर्खरै मात्र झिने चुरा बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका छन् ।
उक्त गीतमा लय, शब्द र संगीत बिरही कार्कीको नै रहेको छ भने यस गीतमा मिलन लोप्चन र जुनु रिजालले स्वर दिएका छन् ।
यस गीतमा मौलिक नृत्य गरेका छन्, चर्चित मोडल महेन्द्र गौतम तथा पूर्णिमा श्रेष्ठले भने प्रकाश भट्टको निर्देशन रहेको यस गीतलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । सुनखानी म्युजिकमार्फत सार्वजनिक भएको यस गीत हरी नारायण चौधरीले छायांकन गरेका हुन् ।
प्रतिक्रिया