काठमाडौं, ३ पुस । कलाकार अमित श्रेष्ठले राजधानीको बागबजारस्थित सिटी म्याक्स हल परिसरमा खोलेका मेट्रो लन्ज बारको रिवन काटेर नायिका रेखा थापाले उद्घाटन गरेकी छन् । झण्डै आधा दर्जन फिल्ममा अभिनय गरिसकेका अमितले जीवन लामा र ज्ञानेन्द्र खड्कासँग सहकार्य गर्दै बार खोलेका हुन् ।
रेखाले अमित आफ्नो परिवारको सदस्यजस्तै भएकाले उसले सञ्चालन गरेको बारले उन्नति गर्नेमा आशा व्यक्त गरिन् । ‘अमितले फिल्ममा जस्तै यो बारबाट पनि चर्चा पाओस् भन्ने मेरो कामना छ ।’ आमा सरस्वतीसँगै पुगेकी रेखाले भनिन् । उनले आपूm पोखरामा हुन लागेको राप्रपाको कार्यक्रमलाई रद्द गरेर अमितको बार उद्घाटन गर्न आएको बताइन् । अमितका अनुसार रेष्टुरेन्टमा झण्डै एक करोडको लगानी रहेको छ । ‘गजलसहितको हाम्रो रेष्टुरेन्टमा आपूmलाई मनपर्ने गीतसँगै विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन् ।’ उनले भने ।
कार्यक्रममा फिल्म निर्माता तथा वितरक गोपाल कायस्थ, नायिका रिमा विश्वकर्मा, उत्तम केसी, निर्देशक दीपक खाँडलगायतको उपस्थिति रहेको थियो । अमितले ‘अन्दाज’, ‘हमेशा’, ‘लोफर’, ‘लुटेरा’ र ‘ड्रिम्स’लगायतका फिल्ममा अभिनय गरेका छन् ।
प्रतिक्रिया