काठमाडौं, १ पुस । राजधानीको हाडीगाउँ ढुंगेधारा मार्गमा अवस्थित ‘क्रिएसन फिटनेस तथा डान्स स्टुडियो’ खुलेको छ । मंगलबारदेखि सुरु भएको उक्त डान्स स्टुडियो चर्चित मोडल किरण लाकौल, अभिनेत्री अशिष्मा नकर्मी, कोरियोग्राफर प्रशान्त तामाङ र चर्चित मोडल ह्यारी योञ्जनले संयुक्त रूपमा रिवन काटेर गरेका थिए ।
औपचारिक कार्यक्रममा उद्घाटनपछि उपस्थित भएका अतिथिहरूले ‘क्रिएसन फिटनेस तथा डान्स स्टुडियो’लाई शुभकामना दिएका थिए । कार्यक्रममा ‘क्रिएसन फिटनेस तथा डान्स स्टुडियो’का प्रबन्धनिर्देशक ज्याम लामाले बोल्दै आपूm बोल्ने भन्दा पनि काम गरेर देखाउने बताए । ‘क्रिएसन फिटनेस तथा डान्स स्टुडियो’मा जुम्बा, मोर्डन डान्स, एरोबिक, नेपाली कल्चरल नृत्य तथा हिपअप डान्सहरू सिकाइने प्रबन्धनिर्देशक ज्याम लामाले बताए । कार्यक्रममा ‘क्रिएसन फिटनेस तथा डान्स स्टुडियो’का विद्यार्थीहरूले डान्स प्रस्तुतसमेत गरेका थिए ।
प्रतिक्रिया