काठमाडौं, १ पुस । हङकङलाइ आफ्नो कर्मथलो बनाएर नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै आएकी गायिका हुन मनिका पाण्डे लिम्बु, । संगीतलाई सधानाका रूपमा लिने उनले गायनकला भगवान् सरस्वतीको सुन्दर वरदान भएको बताउँछिन् ।
मिहिनेत परिश्रम अनि लगनशीलताको आवश्यक पर्छ यसैको उदाहरण बनेकी छन् नवगायिका मनिका पाण्डे लिम्बु । भारतको दार्जिलिङमा जन्मेर सानैदेखि गायनमा सोख राख्दै आएकी गायिका मनिका अहिले विदेशी भूमि हङकङलाइ कर्मभूमि बनाएर आफ्नो गायन यात्रा सुरु गरेकी छन् । बाबा स्वर्गीय नेत्रबहादुर पाण्डे र आमा स्वर्गीय नैना कुमारी पाण्डेको कोखबाट दार्जिलिङको जावाहार बस्तीमा जन्मिएकी मनिका पाण्डे लिम्बु हाल हङकङमा बसेर आफ्नो दैनिक कामसँगै गीतसंगीतको क्षेत्रमा पनि निरन्तर अगाडि बढ्दै छन् । साथीभाईहरू र गीतकार तथा गायक पिएस लिम्बुको प्रेरणाबाट सांगीतिक यात्रा सुरु गरेकी गायिका मनिकाले विद्यालय पढ्दादेखि नै विभिन्न स्टेज कार्यक्रमहरूमा गाउँदै अन्य धेरै कार्यक्रमहरूमा आफ्नो गायन कला क्षमता प्रदर्शन गर्दै आफ्नो गायन यात्रा सुरु गरेकी थिइन् । साथीभाई आफन्तहरूको हौसला र साथ सहयोगबाट नै गीत संगीतमा आफ्नो भविष्य खोज्दै फेरी सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी छन् मनिकाले सुनाउँछिन् ।
गीतकार तथा गायक पिएस लिम्बुको चर्चित एल्बम ईच्छा–२ मा ‘तिमी खुसी छौ त के भो र’ भन्ने गीतबाट चर्चा कमाएकी गायिका मनिकाको अब केहि समयपछि नै गीतकार तथा गायक पिएस लिम्बुको नै लेखनमा रहेको ‘आज कताकता तिम्रो यादहरूले सताइरहेछ’ नेपाली सांगीतिक बजारमा आउन लागेको जानकारी मनिकाले बताइन् ।
प्रतिक्रिया