४ दिने रोल्पा बन्दको घोषणा

रोल्पा, १ पुस । ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध बिहीबारदेखि पुस ३ गतेसम्म ४ दिन रोल्पा तथा प्यूठान जिल्ला बन्दको घोषणा गरिएको छ ।

रोल्पा—प्यूठान संयुक्त संघर्ष समितिको बुधबार प्यूठानको भिंग्रीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लामो समयसम्म आन्दोलन गर्दासमेत सरकारले सुनेन, अब आन्दोलनलाई थप सशक्त बनाउँछौँ, संयुक्त संघर्ष समिति, रोल्पाका संयोजकसमेत रहेका काग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले बताए । बन्दका कारण रोल्पामा बिहानदेखि यातायात, शिक्षण संस्था, बजार र कलकारखाना बन्द रहेका छन् ।

यसैगरी, दिउँसो जातीय सद्भाव कायम गर्न भन्दै सद्भाव ¥यालीसमेत निकालिने संयोजक पुनले बताए । बिहीबार बेलुका जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा राँके जुलुस निकालेको आयोजकले बताएका छन् । विधेयकको विरोधमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका ५ नं प्रदेशमा पर्ने यी २ जिल्लाले पुस १ देखि ३ गतेसम्म आमहड्ताल गर्ने बताइएको छ ।

प्रतिक्रिया