भूवन केसी फेरि हिरोको रोलमा

bhuwan-and-anmol-kc-1-copyकाठमाडौं, २२ मंसिर । चलचित्र ‘ड्रिम्स’मा छोरा अनमोल केसीलाई लिएर चलचित्र निर्देशन गरेका नायक भूवन केसी अब फेरि आफैँ हिरो बनेर अर्को फिल्म बनाउने तयारीमा जुटेका छन् । द सुपर काजोल फिल्मस्कै ब्यानरमा निर्माण हुने नयाँ चलचित्रको तयारीमा भूवन केसी लागिरहेका हुन् ।

यो चलचित्रलाई सामिप्य तिमिल्सिनाले लेखिरहेका छन् । फागुन महिनाबाट छायांकनमा जाने चलचित्रको निर्देशन भूवनले नगर्ने भएका छन् । चलचित्रको कथावस्तु थ्रिलर हुनेछ । भूवन केसीकै उमेरको एक मानिस र उसको सस्पेन्स कथामा चलचित्र बन्नेछ । चलचित्रलाई अहिले लेखक सामिप्य तिमिल्सिनाले लेखिरहेका छन् ।

जसले यसअगाडि भूवनको डेब्यू निर्देशन चलचित्र पनि लेखेका थिए । फागुनमा नायक अनमोल केसीको ‘कृ’ चलचित्रको छायांकन सुरु हुनेछ । सोहि, समयमा नायक केसीले आफूले अभिनय गर्ने चलचित्रको छायांकन पनि सुरु गर्नेछन् । चलचित्रलाई सामान्य बजेटमा तयार पार्ने तयारी केसीको छ । चलचित्र ‘साथी म तिम्रो’मा दर्शकले भूवनलाई पर्दामा हेर्न पाएका थिए । यसपछि, भूवन आफूले बनाउँदै आएको शैलीको भन्दा फरक शैलीको चलचित्रमार्फत दर्शकमाझ आउने तयारीमा लागेका छन् ।

 

प्रतिक्रिया