एम लामाले ल्याए तहल्का

am-lamaकाठमाडौं, २१ मंसिर । नेपाली गीतसंगीतमा विगत एक दशकदेखि रहेका गायक एम लामाले दर्शक÷स्रोतामाझ ‘तहल्का’ एल्बम लिएर आएका छन् । राजधानीमा भएको एक कार्यक्रमबीच सार्वजनिक गरिएको एल्बमलाई उनले आफ्नो १२–१३ वर्षको फल हो भनेका छन् ।

गीतसंगीतसम्बन्धी विभिन्न कक्षाहरू लिएर नै पूर्णरूपमा आफूलाई पोख्त बनाएर कला क्षेत्रमा प्रवेश गरेको बताउँदै उनले भने, ‘एल्बम पूर्ण सफल हुनेमा विस्वस्त छु ।’ एल्बममा ‘तहल्का…,’ ‘खै कसले…’, ‘म खेलिरहेछु…’, ‘कतै प्यास…’, ‘तिम्रो नजरको…’ र ‘बिहानीको…’ जस्ता ६ बटा गीत समावेश गरिएको छ ।

सुरेश अधिकारी, शंकर थापा, हरि लम्साल र शिखर सन्तोषको संगीत रहेको यो एल्बममा रहेका गीतलाई शीतल कादम्बिनी र रावतले लेखेका हुन् । युथ क्रिएसनले बजारमा ल्याएको यस एल्बममा रहेका ‘तहल्का…’ र ‘खै कस्तो…’ गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । तहल्कालाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् जसमा पुष्प खड्का र शिल्पा पोखरेलले अन स्क्रिन रोमान्स गरेका छन् भने खै कसलेलाई आशिष लामाले निर्देशन गरेका छन् जसमा कृष्ण थापा र कृष्टिना थापाले अभिनय गरेका छन् ।

प्रतिक्रिया