फस्टलुकमा वरिष्टको भीड

काठमाडौं, १९ मंसिर । फायर इन्टरप्राइजेजको व्यानरमा रोजन रखालले निर्माण गरेको फिल्म ‘समर्पण’को फस्टलुक र गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ कलाकार मोहन निरौलाले पछिल्लो समय ‘छक्कापञ्जा’लगायतका फिल्महरूको राम्रो प्रर्दशनमा आएको उर्जाले फिल्म निर्माण गर्न हौसला बढेको बताए । उनले सरकारी नियम अस्पस्ट भएकाले चलचित्र बिकास बोर्डले स्पष्ठ धारणा बनाउन आग्रह गरे । अर्का वरिष्ठ कलाकार रमेश बुढाथोकीले पनि फिल्मलाई सफलताको शुभकामना ब्यक्त गर्दै फिल्मले दर्शकहरूको चासो बढाउन सकोस भने शुभेच्छा दिएका दिए ।

बोर्डका अध्यक्ष राईले फिल्मलाई सफलताको शुभकामना दिँदै नयाँनयाँ कथामा फिल्महरू निर्माण भैरहेकोमा बिकाश बोर्डले स्वागत योग्य ठानेको बताए । उनले विज्ञानले दिएको सुबिधा प्रयोग गर्नुपर्नेमा जोड दिँदै बिकसित भएको प्रविधिलाई अपनाउन फिल्मकर्मीलाई आग्रह गरेका थिए । राईले पछिल्लो समयमा फिल्मका नाममा सर्ट फिल्महरू बनाएर युट्युबमा राख्ने चलन बढीरहेकामा त्यसमा सेन्सर गर्ने योजनामा बोर्ड रहेको बताए ।

फिल्मका निर्देशक बसन्त निरौलाले आफ्नोलाई केही मान्छेहरूले भिडियो फिल्म बनाएको आरोप लगाएकोमा आपत्ति जनाउदै फिल्मले साथीभाइको विषयको कथा उठान गरेको बताए । फिल्ममा नाम नचलेका नयाँ कलाकारहरू रहेपनि उनिहरूले राम्रो काम गरेको र फिल्मलाई बंगलादेशका बिभिन्न रमणिय स्थानमा छायाकन गरेको उल्लेख गरे ।

निर्माता रोजन रखालले राम्रो कथा भएकाले फिल्ममा आफूले लगानी गरेको बताए । आगामी १५ पुसबाट रिलिज हुने फिल्ममा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवी शर्मा, विश्वास लामा, अमृत शाही ठकुरी, आशा भुषाल, अनु पराजुली, बालकृष्ण बञ्जारा, दीपक थापा र कुमार श्रेष्ठको अभिनय छ । फिल्ममा रोजनलाई बंगलादेशी नागरिक इमरान सिद्धिकीले पनि निर्माणमा सघाएका छन् ।

विश्वास लामाको नृत्य, कुमार महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, तारा थापा किम्भे र किरण अधिकारीको सम्पादन रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । कार्यक्रममा फिल्मको एक आइटम नम्बरको गीत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया