हेरिटेज पेजेन्टमा नेपालबाट तीन युवती

heritag-miss-copyकाठमाडौं, १४ मंसिर । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्ट २०१६’मा भाग लिन नेपालका ३ सुन्दरी जाने भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मञ्जु बन्जारा, आश्रा कुँवर र सिर्जना पुन प्रतियोगिताका लागि जाने भएका छन् । हेरिटेज पेजेन्टका लागि आधिकारिकता प्राप्त गरेको ग्रिन आर्ट मिडिया प्रालिले आइतबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगीहरूको नाम सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले मञ्जु बन्जारालाई ‘मिसेज नेपाल हेरिटेज’, आश्रा कुँवरलाई ‘मिस नेपाल हेरिटेज’ र सिर्जना पुनलाई ‘टिन नेपाल हेरिटेज’को ताज पहिराउँदै ‘हेरिटेज पेजेन्ट २०१६’को लागि बाटो खुला गरेको हो । यी ३ लाई गतवर्षकी मिसेज नेपाल पदमिनी झा, मिस नेपाल अर्थ नग्मा श्रेष्ठ तथा मिस नेपाल हेरिटेज निशा पाठकले क्राउन पहि¥याएका थिए । यी तीनै प्रतियोगीले श्रीलंकाको कोलम्बो सहरमा डिसेम्बर २ देखि १० तारिखसम्म आयोजना मिसेज हेरिटेज, मिस हेरिटेज र टिन हेरिटेज इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्नेछन् ।

हेरिटेज पेजेन्टमा सहभागिताको लागि जानुपूर्व प्रतिष्पर्धीले कोरियोग्राफर अनिला श्रेष्ठसँग विभिन्न प्रशिक्षण हासिल गर्नेछन् । हेरिटेज पेजेन्टका लागि सहभागी जनाउने तीनै प्रतियोगीको पहिरन डिजाइनर प्रज्वल श्रेष्ठ (लिभिट इन्टरटेन्मेन्ट) तथा ड्रिम वेयरले तयार पार्ने आयोजकले जनाएको छ । हेरिटेज पेजेन्टका लागि यो नेपालको पहिलो सहभागिता भने होइन । यसअघि ई–प्लानेटको संयोजन र व्यवस्थापनमा २०१४ मा नानी थापाले सहभागिता जनाएर इन्भाइरोमेन्ट एम्बास्डर अवार्ड जित्न सफल भएकी थिइन् । भने, २०१५ की सहभागी निशा पाठकले थर्ड रनर अपसहित इन्भाइरोमेन्ट ड्रेस अवार्ड नेपाल भित्र्याएकी थिइन् । प्रतियोगीसहित नेपालकी निर्देशक अनिला श्रेष्ठ यहि मंसिर १८ शनिबार (३ डिसेम्बर) श्रीलंका उड्दै छिन् ।

प्रतिक्रिया