काठमाडौं, १३ मंसिर । हिट्स नेपाल प्रालिले गरेको सांगीतिक प्रतिस्पर्धामा कडा प्रतिस्पर्धा सुरुआत भएको छ । ‘२०औँ हिट्स एफएम म्युजिक अवार्ड ०७३’ को मनोनयन सार्वजनिक गरे लगतै प्रतिस्पर्धा चर्केको हो ।
०७२ साल वैशाख १ गतेदेखि ०७२ साल चैत मसान्तसम्ममा हिट्स एफएममा दर्ता भएका गीत तथा गीति संग्रहबाट हरेक विधामा उत्कृष्ट ५ गीतहरू मनोनयनमा परेका छन् । ‘२०औँ हिट्स एफएम म्युजिक अवार्ड’मा गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा सर्वाधिक ६ विधामा मनोनयनमा परेका छन् । विश्व नेपालीको स्वर, राजुबाबु श्रेष्ठको शव्द, हरि लम्सालको संगीत रहेको ‘सारा संसारै’ ५ विधामा मनोनयनमा परेको छ ।
त्यस्तै प्रमोद खरेलको स्वर, एकनारायण भण्डारीको शव्द, आशिष अविरलको संगीत रहेको ‘म बाँचेकै’, रामकृष्ण ढकालको स्वर, रमेश बिजीको शव्द, राजेश थापाको रहेको ‘म हुरीमा’ बोलको गीत पनि ५ विधामा मनोनयनमा परेको छ । सर्वोत्कृष्ट नव प्रतिभामा अप्रिल रस, आर्जन पाण्डे, विकास सिलवाल, रविन्द्र राई र सिम्मा राई मनोनयनमा छन् । अल्मोडा राना उप्रेती सर्वोत्कृष्ट पुरुष गायन पप, सर्वोत्कृष्ट पप र रक संगीत सिर्जना र सर्वोत्कृष्ट संगीत संयोजनको विधामा मनोनयनमा छन् । त्यस्तै नेपथ्य र अशेष एन्ड नेख्वम पनि ३ विधामा मनोनयनमा परेका छन् ।
मन्दमन्द मुस्कानमा बोलको गीतबाट राजेश पायल राई सर्वोत्कृष्ट एकल गायन पुरुष र सर्वोत्कृष्ट गीत तथा संगीतकार महेश खड्का सर्वोत्कृष्ट संगीत सिर्जनाको विधामा मनोनयनमा पर्न सफल भएका छन् । ‘संसार मायामा अड्छ’ भने बोलको गीतबाट सुजाता उपाध्याय मानन्धर र उदितनारायण झा सर्वोत्कृष्ट युगल गायन, संगीतकार आनन्द राई सर्वोत्कृष्ट संगीत सिर्जना र महाराज थापा सर्वोत्कृष्ट संगीत संयोजनको विधामा मनोनयनमा परेका छन् ।
सर्वोत्कृष्ट चलचित्र गीततर्फ भने कालीप्रसाद बास्कोटा, वसन्त सापकोटा, अर्जुन पोखरेल, दीपकराज गौतम र जुगल डंगोल मनोनयनमा छन । त्यस्तै सर्वोत्कृष्ट लोकगीतको विधामा अन्जान बाबु, विरही कार्की र सरिता कार्की, विनोद ढकाल र जमुना सनम, रमेशराज भट्टराई र शान्ती श्री परियार र कुमार बस्नेत मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट रचनातर्फ दिनेश अधिकारी, डिपी खनाल, राजुबाबु श्रेष्ठ, एकनारायण भण्डारी र रमेश बिजी मनोनयनमा परेका छन् । ०५२ सालमा आप्mनो स्थापनासँगै ०५४ सालमा ७ ओटा विधाबाट सुरु भएको संगीतको यो उत्सवमा हाल १७ ओटा विधा रहेका छन् । जसमध्येको एउटा विधा लाइफ टाइम एचिभमेन्ट अवार्ड छ ।
प्रतिक्रिया