काठमाडौं, २६ कात्तिक । प्रचारका लागि अभिनेत्रीलाई सर्वसाधारण सँग डेटमा समेत पठाउन पछि नपरेको चलचित्र ‘जात्रा’को प्रिमियर गरिएको छ । बुधबार सा“झ जय नेपाल चलचित्र भवनमा गरिएको प्रिमियरमा चिनिएका कलाकारहरूको उपस्थिति भने कमै देखिएको थियो ।
चलचित्रले प्रचारका क्रममा विभिन्न पुरस्कार योजना ल्याएको थियो । यो क्रममा विजेता बनेका एक विजेतालाई विपिन कार्की ‘भष्मे’ले स्कुटरको सा“चो हस्तान्तरण गरेका थिए । प्रिमियर चलचित्रका कलाकार वर्षा राउत, प्रेक्षा बज्राचार्य, रबिन्द्र सिंह बानिया, वरिष्ठ कलाकार हरिहर शर्मा, शकुन्तला शर्मा , चर्चित हास्य कलाकार किरण केसी, काठमाडौं महानगर पालिकाको पूर्व मेयर केशव स्थापितलगायत उपस्थित थिए ।
ती मध्ये वर्षा राउत, प्रेक्षा बज्राचार्य, रविन्द्र सिंह बानियातिर भने मिडियाको क्यामरा फोकस थिए । प्रिमियरमा चलचित्र राम्रो बनेको धेरैले प्रतिक्रिया दिइरहँदा केहीले अत्यमा चलचित्र चिप्लिएको प्रतिक्रियासमेत व्यक्त गरेका छन् । चलचित्र लामो भएको समेत प्रिमिएरमा धेरैको भनाइ थियो ।
प्रदीप भट्टराइको निर्देशन रहेको चलचित्र ‘जात्रा’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै छ ।
प्रतिक्रिया