निलमको “आँखैमा” सुनिता !

nilam-copyकाठमाडौैं, २४ कात्तिक । संगीतकार तथा गीतकार निलम रोजु राईलाई तपाईं कसरी चिन्नुहुन्छ ? कुसल संगीतकार अनि गीतकार ? निलम कुसल संगीतकार तथा गीतकार मात्र नभएर गायिकासमेत हुन् । यो निलमको बाहिरी परिचय हो । यिनीमा अर्को पनि परिचय लुकेको छ । त्यो के हो त ? निलम भन्छिन्, ‘म चुजी पनि छु । त्यसैले म आफूलाई चुजी संगीकार भन्न रुचाउँछु ।’

उनी संगीतबाहेक अन्य सन्दर्भमा चुँजी छैनन् बरु फस्र्यौली छिन् । यिनै व्यवहारमा फस्र्यौली र संगीतमा ‘चुजी’ निलमको शब्द तथा संगीतमा एक गीत एवं भिडियो रिलिज भएको छ । गीत रहेको छ, ‘आँखैमा… ।’

यी चुजी संगीतकार तथा गीतकारको आँखामा यसपटक उदाउँदी गायिका सुनिता थेगिम सुब्बा परेकी छन् । सुनिताले ‘आँखैमा’ बोलको गीतलाई आफ्नो स्वरले यति सुमधुर बनाएकी छन् कि गीत सुन्दा लाग्छ, ‘निलमको आँखामा अर्थात् रोजाइमा त्यतिकै सुनिता परेकी हैन रहेछ ।’ आफूलाई छोटो समयमै यस क्षेत्रमा स्थापित गराएकी संगीतकार निलमले पनि सुनिताको खुलेरै प्रशंसा गरिन् । निलमले भनिन्, ‘म आफ्नो सिर्जना जो–सुकैलाई गाउन दिन्नँ तर मलाई सुनिताको स्वर चित्त बुझ्यो ।’

हुन त सुनिता पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा राम्रै चर्चा बटुलिरहेकी गायिका हुन् । तर, निलमको संगीतमा भने पहिलोपटक स्वर दिएकी हुन् । निलमको संगीतमा राजेशपायल राई, अञ्जु पन्त, मेलिना राई, दीपा लामा जस्ता नयाँ र पुराना चर्चित गायक÷गायिकाले स्वर दिइसकेका छन् । निलम भन्छिन्, ‘अहिलेसम्म चर्चित गायक÷गायिकाको स्वरमा एक सयभन्दा बढी संगीत गरिसकेकी छु ।’ निलमले विशेषगरी सुगमसंगीतमा ध्यान राख्दै आएकी छन् ।

हालै रिलिज गरिएको ‘आँखैमा’ बोलको गीत निलमको ‘हरपल’ एल्बममा समावेश छ । जुन एल्बममा निलमको शब्द, संगीत सोलो रहेको छ । ‘आँखैमा’ गीतको यस भिडियोलाई अहिलेका व्यस्त निर्देशक युगल पोमुले निर्देशन गरेका हुन् । अनु शाह र नानीहाङ राईले मोडलिङ गरेका छन् निलमको ‘आँखैमा’मा । गीत अनुसार भिडियो पनि राम्रो बनेको छ ।

प्रतिक्रिया