सोफिया, १२ असोज । संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि बुल्गेरियाले नयाँ उम्मेदवार उठाउने भएको छ । युनेस्कोकी प्रमुख इरिना बोकोभाको सट्टामा बुल्गेरियाले युरोपेली आयोगका उपाध्यक्ष क्रिस्टालिन जर्जिभालाई उठाउने भएको हो । ‘मलाई लाग्छ, उहाँ नै सशक्त उम्मेदवार हुनुहुन्छ’ बुल्गेरियाका प्रधानमन्त्री ब्वाइको बोरिसोभले एक राज्यस्तरीय बैठकमा भने ।
यही हप्ता सम्पन्न १५ सदस्यीय राष्ट्रिय परिषद्को बैठकद्वारा गरिएको अनौपचारिक मतदानमा बोकोभा कमजोर देखिएका थिए । उनी बलिष्ठ ५ जनाभित्र पर्नुपर्नेमा छैठौँ क्रममा परेका थिए । वर्तमान राष्ट्रसंघीय प्रमुख दक्षिण कोरियाका वान की मुनलाई विस्थापित गर्न जर्जिभा सक्षम हुने विश्वास गरिएको छ ।
‘बोकोभालाई उम्मेदवार बनाउने वातावरण गराउन हामीले अन्तिम समयसम्म सम्पूर्ण शक्ति र मिहिनेत प्रयोग ग¥यौँ । तर, उहाँलाई अन्य देश र अन्य महिला उम्मेदवार नै पछाडी पार्ने भए ।’ प्रधानमन्त्री बोरिसोभले भने । महासचिव पदको दौडमा अहिलेसम्म पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनो गट्रेस अग्रपंक्तिमा देखिएका छन् ।
प्रतिक्रिया