वार्सा, १२ असोज । सोभियत शक्तिको उदयको पहिलो दशकमा जब स्टालिनले ‘एक देशमा समाजवाद’ भन्ने अवधारणा अगाडि सारे त्यसबेला उनले परिस्थिति अनुकूल नभएसम्म कम्तिमा सोभियत संघ एक दह्रो समाजवादी राष्ट्रको रूपमा रहनुपर्छ भन्ने भावना राख्दथे । जब हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले आफ्नो राष्ट्रलाई ‘अनुदार प्रजातन्त्र’को रूपमा विकास गर्ने भन्ने घोषणा २०१४ को जुलाई महिनामा गरे, उनले पनि आफ्नो देश ‘एक अनुदारवादी’ राष्ट्रको रूपमा विकास गर्न चाहेको अनुमान अधिकांश व्यक्तिले लगाए । हाल अर्बन र पोल्यान्डको सत्ताधारी ल एन्ड जस्टिस पार्टीका नेता जारोस्ल काज्यिन्स्कीले युरोपियन युनियनलाई अनुदार आयोजनाको रूपमा विकास गर्ने प्रतिक्रान्तिकारी कार्य गर्ने घोषणा गरेका छन् ।
अर्बनलाई वर्ष पुरुषका रूपमा घोषणा गरेको यस वर्षको क्रिनिका सम्मेलनको रमाइलो र हार्दिकतापछि काज्यिन्स्की र अर्बनले १ सय मिलियन युरोपियनलाई थप धार्मिक वा राष्ट्रवादी बाटोमा लाग्न उत्प्रेरित गर्ने घोषणा गरे । यसपूर्व नै अभिनन्दित भ्याक्लाभ हावेलदेखि पूर्वयुक्रेनियन प्रधानमन्त्री युलिया ट्योमोसेन्को पनि अनुदारवादका पोप भ्लादिमिर पुटिनलाई आदर्श व्यक्ति ठान्ने काज्यिन्स्की र अर्बनको उदयले पक्कै दुःखी हुने थिए होलान् ।
यी दुईको उद्देश्य पनि बेलायतको युरोपियन युनियनबाट बहिर्गमनबाट सिर्जिएको मौकालाई छोप्नु हो, जसले आजको युरोपियन युनियनमा अनुदार प्रजातन्त्रवादीहरूको झुट र हिलो छ्याप्ने प्रवृतिलाई पुरस्कृत गरिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । यस्ता खाले व्यक्तिको मिलनबाट खारिने सीप धेरैजसो युरोपियनले अनुमान गरेभन्दा धेरै घातक हुनसक्छ ।
अर्बानले यथास्थितिवादी शक्तिको पक्षमा लहरको सिर्जनो ल्याउँछन् भन्ने प्रष्ट छ । उनले आफ्नो राजनीतिक दल फिडेस्जलाई युरोपियन पिपुल्स पार्टीको नजिक पु¥याएका छन्, जसले उनलाई राजनीतिको मूलप्रवाहमा राखेको छ जसलाई नीज (अर्बान)को अनुदार शासनशैलीका बाबजुद जर्मन चान्सलर एञ्जेला मर्केल संरक्षणप्राप्त हुने बनाएको छ । तथापि काज्यिन्स्किले आफ्नो दललाई भने जर्मनी र इयु कमिसनसँग अक्सर झगडा गर्ने सीमान्तकृत एलायन्स अफ युरोपियन कन्जर्भेटिभ एन्ड रिफर्मिस्टसँग नजिक पु्¥याएका छन् ।
आफ्ना पोलिस सहयोगीभन्दा अर्बान अर्कोकुरामा फरक छन् त्यो हो पोल्यान्डका पूर्वप्रधानमन्त्री एवं अहिलेका युरोपियन परिषद्का अध्यक्ष डोनाल्ड टस्कजस्तो उनी राजनीतिक परिघटनालाई अत्यन्त नजिकबाट नियालिरहेका छन् । यसको विपरित काज्यिन्स्की भने एकान्तप्रिय सन्यासीजस्ता छन् । काज्यिन्स्की साँझमा टिभीमा रोडियो हेरेर बस्छन्, जबकी उनका समर्थक उनलाई पोल्यान्डको पुनर्जन्म गराउन सक्ने मसिहाका रूपमा हेर्छन् ।
यही रहस्यमयी छविले काज्यिन्स्कीलाई अवसरवादी अर्बानसँग सहकार्यका लागि नजिक पु¥्याएको छ । पोल्यान्डको सृष्टि नै ईश्वरले विशेष उद्देश्य हासिल गर्न गरेका हुन् भन्ने पुरातनवादी सोचका कारण पोल्यान्ड धेरै दुःखद् इतिहासको साक्षी बन्न पुगेको छ । बढ्दो हिंसा, युद्ध, विग्रह यस्ता कुरा हुन जसको बारेमा हरेक पोलिस नागरिकले दिनदिनै जसो सोच्नुपर्ने विषय बनेका छन् ।
मेसियानिक पहिचानले एउटा निश्चित किसिमको नेताको पृष्ठपोषण गर्दछ, जो पुटिनजस्तै एउटा उद्देश्य हासिल गर्न जन्मिएको ठान्ने गर्छ । पुटिनको सन्दर्भमा यस्तो विशेष उद्देश्य जारहरूले घोषणा गरेको जस्तो कट्टरपन्थ, निरंकुशता र राष्ट्रियता देखिएको छ । यसरी हेर्दा अर्बान मानवद्वेषी छन् भने काज्यिन्स्की मतान्ध जसलाई व्यावहारिकता एक खालको कमजोरीजस्तो लाग्छ । अर्बान आफ्नो हित विपरीत हुनेगरी कुनै कदम चाल्दैनन् भने काज्यिन्स्कीले भने धेरैपटक यसो गरेका छन् । आफ्नै संयुक्त सरकारका सदस्यका विरुद्ध बोल्दा सन् २००७ मा काज्यिन्स्की आफुले २ वर्ष पहिले मात्र चुनाव जिती बनाएको सरकारबाट बाहिरिनु प¥यो । यस्तो लाग्छ उनका कुनै योजना नै छैनन् । बरु सपना छन्, पोल्यान्डलाई आर्थिक सुधार र आर्थिक पुनः संरचना गर्नेभन्दा पनि यसलाई नयाँ खालको पोल्यान्डको रूपमा स्थापित गर्ने ।
अर्कोतिर अर्बानलाई त्यस्तो केही चासो छैन । उनी नयाँ ढाँचाको हंगेरी बनाउन चाहँदैनन्, बरु पुटिन जस्तो जीवनभर सत्तामा रहन चाहन्छन् । ९० को दशकमा उदार छवि बनाइ हंगेरीलाई नेटो र इयुको सदस्यता लिने बनाएका उनी अहिले अनुदारबादलाई जीवनपर्यन्त सत्तासीन रहने माध्यमको रूपमा अगाँलीरहेका छन् ।
काज्यिन्स्कीको अनुदारवाद आत्मासँग सम्बन्धित छ । आफ्नो कित्ताभन्दा बाहिरकालाई उनी ‘बिग्रेका पोलिस’ भन्छन् । होमो– काज्यिन्स्की समूह राष्ट्रको नियतिसँग आफ्नो नियति जोडिएको ठान्छन् अनि विरोधी र आलोचक, खासगरी विदेशीप्रति कडा रुख अपनाउँछन् । उनीहरूका नजरमा गे र लेस्बियन पोलिस हुन सक्दैनन् । पोल्यानडमा रहेका सबै फरक मत्तधारी तत्व उनीहरूका नजरमा खतरा हुन् । ल एनड जस्टिस पार्टिको सरकारले इयुसमक्ष गरेको प्रतिवद्धता बमोजिमको संख्या हेर्ने हो भने शरणार्थीमध्येको सानो संख्या पनि स्वीकारेको छैन भन्न सकिन्छ । ४० मिलियन जनसंख्या भएको देशले मात्र ७ हजार ५ सय मात्रलाई आश्रय दिएको छ ।
फरकफरक स्वार्थबाट प्रेरित भएर अनुदारवादलाई अँगालेका भए पनि व्यवहारमा काज्यिन्स्की र अर्बान दुवै नयाँ राष्ट्रिय संस्कार विकार गर्न सहमत देखिन्छन् । राज्यद्वारा सञ्चालित मिडिया जनमुखीभन्दा पनि ‘राष्ट्रिय’ भावबाट प्रेरित बन्नुपरेको छ । अफिसमा सिभिल सर्भिसका परीक्षा हटाई वफादार पार्टी कार्यकर्तालाई धमाधम भर्ना गरिँदै छ । शिक्षा प्रणालीलाई गौरवमय पहिचान र दुःखद अतितबारे विचार प्रवाहित गर्ने माध्यमको रूपमा परिवर्तित गरिएको छ । राज्यको स्तुतिगान गर्ने सांस्कृतिक व्यवसायले मात्र राज्यबाट आर्थिक सहयोग वा अनुदान पाउने बनाइएको छ ।
काज्यिन्स्कीका लागि परराष्ट्र नीतिको मूल काम भनेकै ऐतिहासिक नीतिको जागरण र सम्प्रेषण गर्ने नीति हो । यहाँ भने यी दुइबीचमा फरक मत पाइन्छः अर्बानको व्यवहारवादले उनलाई युरोपियन र अमेरिकी सहयात्रीको विरोध गर्न प्रेरित गरिरहन्छ भने काज्यिन्स्की भने भूराजनीतिक गठजोडमा त्यति चाख राख्दैनन् । आखिर एउटा मसिहाले आफ्ना बिचारलाई काँटछाट गर्दैन, बरु आपूmले बोकेको सत्यको वकालत गरिरहन्छ ।
यसरी, काज्यिन्स्कीको परराष्ट्र नीति आपूmलाई उपेक्षित गरिएको थियो भन्ने पूर्वाग्रह प्रेरित नीति हो । पोल्यान्डलाई विगतमा पश्चिमाहरूले धोखा दिएका थिए । यसको अहिलेको सामथ्र्य भनेको गर्व, स्वाभिमान्, आत्मसम्मान र साहसबाट आर्जित सामथ्र्य हो । यसका हारहरू नैतिक विजयका आधारहरू हुन् जसले क्राइस्टको पुनरागमन जस्तै युरोपको नक्सामा १ सय २३ वर्षपछिको पुनरागमन सम्भव गराउनेछन् ।
अहिलेको युरोपको प्रश्न भनेको मेसियानिक र अवसारवादी लोकप्रियतावादको सहवास मूलप्रवाह बनेर युनियनका अन्य राष्ट्रमा पनि पैmलिएला वा मध्य युरोपमा नै सीमित रहला भन्ने हो । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीले सन् २०१७ मा सत्तामा पुनःआरोहण हुन काज्यिन्स्की वा अर्बान धुरीको प्रतिनिधित्व गर्ने जस्तै लाग्ने केही भाषा प्रयोग गर्न थालिसकेका छन् र जोन्सनले उनीहरूको तरीका अनुसरण गरिसकेका छन् । हेरौँ अरू कोही पनि आउँदैछन् की । (रासस)
प्रतिक्रिया