पहिलो टेलिभिजन बहसमा क्लिन्टन भारी

trump_clinton_debateअमेरिका, १२ असोज । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन बहस भएको छ । सो बहसमा धेरै मतदाताले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

विषयवस्तुदेखि प्रस्तुितसम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा क्लिन्टन राम्रो भएको प्रारम्भिक सर्वेक्षणमा देखाइएको छ । क्लिन्टन १० देखि १५ प्रतिशतसम्म अगाडि रहेको देखिएको हो । बहसका क्रममा क्लिन्टनलाई धेरैपटक ट्रम्पले बोल्नै नदिएर अवरोध पु¥याएका थिए । त्यो अवरोध नै धेरैले नरुचाएको मत सर्वेक्षणमा बताइएको छ ।

अमेरिकामा जनमत आफूतिर पार्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारको प्रत्यक्ष टेलिभिजन बहसलाई निकै महत्वपूर्ण र निर्णायक मानिन्छ । करिब ९० मिनेट चलेको यो बहसलाई १० करोडभन्दा बढी व्यक्तिले टेलिभिजनमा प्रत्यक्ष हेरेको अनुमान गरिएको छ ।

अहिलेसम्म भएका यस्ता बहसमध्ये यो नै सबैभन्दा धेरैले हेरेको मानिएको छ । आजभन्दा ठीक ५६ वर्षअघि राष्ट्रपतिका तत्कालीन उम्मेदवारद्वय जोन एफ केनेडी र रिचर्ड निक्सनबीच पहिलोपटक यस्तै बहस भएको थियो ।

सोमबारको बहस एनबिसी न्युजका लेस्टर होल्टले चलाएका थिए । देशको अर्थतन्त्र, कर प्रणाली, सुरक्षा, जातीयमुद्दालगायत विषयमा केन्द्रित बहसमा दुवै उम्मेदवारले एकअर्काको चर्को आलोचना गरेका थिए । क्लिन्टनले ट्रम्पलाई करबारे ढाकछोप गरेको आरोप लगाएर कमजोर सावित गर्न खोजेकी थिइन् ।

जवाफमा ट्रम्पले कर लाग्ने आफ्नो आम्दानीको विस्तृत विवरण सार्वजनिक गर्ने बताउँदै त्यसमा क्लिन्टनले आफू विदेशमन्त्री हँुदाका ३० हजार इमेल सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए ।

विदेशमन्त्री हुँदा क्लिन्टनले इमेलको दुरूपयोग गरेको आरोप लगाउँदै आपूmमाथिको आरोपलाई ओझेल पार्ने प्रयास गरेका थिए ।

६८ वर्षीय क्लिन्टन पूर्वविदेशमन्त्री र सांसदका रूपमा अनुभव सम्हालीसकेकी अमेरिकी राष्ट्रपतिका उम्मेदवार छिन् । उनी ४० वर्षको सार्वजनिक सेवाको अनुभवपछि अमेरिकी राजनीतिमा प्रवेश गरेकी हुन् । त्यसैगरी उमेरले क्लिन्टनभन्दा पाका ७० वर्षीय ट्रम्प अमेरिकी खर्बपति व्यापारी साथै टेलिभिजनका पूर्वप्रत्यक्ष कार्यक्रम सञ्चालक हुन् ।

प्रतिक्रिया